अर्थतन्त्र राजनीति समाचार

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौंः ओली

kp oli
Buzz Education

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिर समेत गरे।

उनले भने,  ‘अब यहाँ सत्ता अहंकार हुन्छ। बजेट सच्याउन मिल्दैन। बजेट सच्याए बापत सरकार असफल भयो भन्दैनौं हामी। सच्याउनुस् बजेट। सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी। तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौं। तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिँदैन। हामी जो बाहुबली छौं। टेर्दैनौं भन्नुहुन्छ भने परिणामले तपाईंलाई सत्ता अहंकारबाट तपाईंको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ।’

Buzz Education

ताजा समाचार

मध्यपुरमा रात्रिकालीन सम्पदा पदयात्रा सम्पन्न । सकिमना पूर्णिमा बिशेष ।

Madhyapur Diary

” गन्तब्य मध्यपुर थिमि” तस्वीर पुस्तक सार्वजनिक हुँदै ।

Madhyapur Diary

गगन थापा महामन्त्रीमा उठ्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy