विश्व

बेलायती राजा चार्ल्स तृतीयाको राज्याभिषेक

बेलायती राजा चार्ल्स तृतीयाको राज्याभिषेक

भक्तपुर
वैशाख २४, आईतबार

शनिबार आयोजित भव्य समारोहबीच बेलायतका राजा
चार्ल्स तृतीयले राज्याभिषेक गर्नुभएको छ। शनिबार लनडन
स्थित बेसमिनिस्तर एबीमा आयोजित समारोहमा राजा चार्ल्स
तृतीय र रानी क्यामिलाले राज्याभिषेक गरेका हुन । एक सय
राष्ट्रका राष्ट्रप्रमुखसहित विभिन्न राष्ट्रका २ हज्जार ३ सय विशिष्ट
अतिथि उपस्थित रहेको उक्त समहरोमा आर्चबिसपले क्यामेलालाई
पनि ‘क्विन मेरिज क्राउनलाई पहिराउनु ’भएको थियो । चार्ल्स तृतीय र रानी क्यामिलाले राज्याभिषेक र सेन्ट एडवर्ड क्राउन पहिरहे पश्चात औपचारिक रूपमा बेलायतको राजगद्दी सम्हालेका छन् ।क्यान्तिबरीका आर्चबिसपले चार्ल्स तृतीय र रानी क्यामिलाले
राजमुकुट अर्थात् ‘ सेन्ट एडवर्ड’ क्राउन पहिराइदिनु भएको हो ।यो राजमुकुत सन् १९५६ महारानी एलिजाबेथले राज्याभिषेकमा
पहिरिनु भएको थियो ।

बेलायती राजपरिवारलाई औपचारिक कार्यक्रम सम्मपन्न भएपछि
आठवटा घोडाद्धारा तयारीत गोल्ड स्टेट कोच्मा बसेर बाकिंघम
दरबार फर्किनु भएको थियो । राजा चार्ल्स तृतीय र रानी क्यमेलाले
बाकिंघम दरबारको बरण्डाबाट जनताहरुलाई अभिवादन गर्नु भएको थियो ।

ताजा समाचार

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Madhyapur Diary

कम अनुभबी टिमसंग रियल म्याड्रिडको लज्जास्पद हार

Madhyapur Diary

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy