शिक्षा

बिद्यालय कनर – बिनायकमा विभिन्न प्रतियोगिताहरु सम्पन्न ।

Buzz Education

विनायकमा विभिन्न प्रतियोगिताहरु सम्पन्न
विद्यार्थीहरूको सफल र प्रभावकारी शिक्षणमा सदा अग्रसर तथा सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलाप तथा पाठ क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई आत्मसात् गर्दै आइरहेको विद्यालय विनायक शिक्षा निकेतन ,मध्यपुर थिमिले यहि मंसिर 9 गते विद्यालयको वार्षिक क्यालेन्डर अनुसार प्रावि तहमा हाजिरीजवाफ र मावि तहका लागि वक्तित्वकला प्रतियोगिताको आयोजना गर्यो ।विनायक अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रम अन्तर्गत कक्षा 1-3 का लागि हाजिरीजवाफ र कक्षा 6 देखि 10 सम्मका लागि वक्तित्वकला कार्यक्रमको आयोजना भएको थियो ।

बकृत्वकला तर्फ करीब 50 जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा विद्यार्थीहरुले मोबाइल फोनको बढ्दो प्रयोग र त्यसले पढाईमा पारेको गम्भीर असर बारे आफ्नो धारणा राख्दै प्रविधिको प्रयोग पढाइको स्तर उन्नतीका लागि गर्नुपर्ने र अवनतिका लागि गर्न नहुने धारणा राखेका थिए।कार्यक्रममा सोबारे बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको बुझाई अनुसार प्रविधिलाई सही र वास्तविक उपयोग गरी अगाडि बढ्न र आफूलाई हानिनोक्सानी हुने गरिब मुल्यवान समयलाई खेर जान नदिने सबैलाई सुझाव दिनुभयो साथै सो कार्यक्रममा सिनियर र जुनियर गरि ६ जना उत्कृष्ट  विद्यार्थीहरु
1) प्रतीक ढुङेल
2) तुलज प्रजापति
3) टिका मगर
4)अक्षत ठाकुर
5)अरिस्ता ओलि
6)एमस तामाङ
लाई विद्यालयको तर्फबाट पुरस्कार वितरण समेत गरिएको थियो।

Buzz Education

ताजा समाचार

बिद्यालय कर्नर – शिक्षा संगै संस्कार सिकाउँदै स्वप्न संसार ।

Madhyapur Diary

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम

Madhyapur Diary

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy