शिक्षा समाचार समाज

सिद्दार्थ साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न ।

मंशिर १०-मध्यपुर थिमि ४ स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी ऐन २०४८ मार्फत २०६६ श्रावण २३ गते जिल्ला डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत दर्ता भई सन्चालनमा आएको सिद्धार्थ साकोसले मध्यपुर थिमि ४ स्थित यचु पार्टी भेन्युमा शनिवार आफ्नो बार्षिक साधारण सभा सम्पन गरेको हो । मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा उपप्रमुख बिजय  कृष्ण श्रेष्ठको  बिशेष आतिथ्यतामा सम्पन्न भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष रमेश श्रेष्ठले स्वागत मन्तब्य राख्नु हुंदै संस्थाको मुल लक्ष्य नै आर्थिक तथा सामाजिक समृद्धिको साझेदार बन्नु रहेको बताउनु भयो । संस्थाका सचिब राजेश श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष सोहन कायस्थले  आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्थाको हाल शेयर पुंजी आर्थिक बर्ष २०७७ / ७८ मा ३ करोड २८ लाख ५९ हजार  ५ सय रहेकोमा संस्थाले आ . ब .२०७८/७९ मा ३ करोड ३५ लाख ७१ हजार १ सय पुगेको बताउनु भयो । संस्थाले यस बर्ष २८ लाख ३८ हजार २ सय ४५ रुपैया खुद नाफा – .. बाट शुरू भएको संस्थामा हाल १५९८ जना सदस्यहरू रहेका छन । संस्थाले यस बर्ष १८ करोड ३१ लाख ७७ हजार ३ सय ९३ हजार  ऋृण लगानी गरेको छ । कार्यक्रममा लेखा परिक्षण संयोजक तुल्सी भक्त श्रेष्ठले लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष्य हरि बल्लबले संस्थाले बिगतको तुलनामा वासलात कम हुदा हुदै पनि नाफा बढाउन सकेकोमा सञ्चालक हरुमा बधाई ज्ञापन गर्नु भयो । उहाले व्यक्तिगत स्वार्थमा निहित हुने संस्थाहरू घाटामा जाने र सदस्यहरुको निक्षेप लिएर भाग्ने गरेको बताउनु भयो । उहाले मध्यपुर थिमि नगर पालिकाले गरेको पछिल्लो अनुगमन सकारात्मक रहेको र आवश्यक परे आफूहरु सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।सिदार्थ जेष्ठ शेयर सदस्य नागरिक सम्मान गणेश माया श्रेष्ठ ,उत्कृष्त बचतकर्ता सुर्य माया श्रेष्ठ , उत्कृष्ट ऋृणी – राम सरण श्रेष्ठ , उत्कृष्ट कारोबारी सदस्य सम्मान पुष्प मणी रिसाल घोषित भएका छन । उत्कृष्ट कर्मचारी २०७९ सालको लागि अधिकृत स्तरका कर्मचारी अन्जली श्रेष्ठ घोषित भएका छन ।
नेप्स्कोन का पूर्व अध्यक्ष कैलाथ भक्त प्रधानाङ्गले  सहकारी क्षेत्रमा रहेका बिभिन्न कमी कमजोरीहरुको बारेमा उल्लेख गर्नु हुँदै सहकारी क्षेत्रमा रहेका बिकृति हरुलाई कम गदै लग्न पहल गदै जानु पर्ने बताउनु भयो ।
मध्यपुर थिमि नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले मध्यपुर क्षेत्रमा हाल सन्चालनमा आएका संस्थाहरूमा पनि बिकृति मौलाएको र नगरपालिकाले  सहकारी ऐन परित गरी सकेको अवस्थामा नगरपालिकाले  नियमित अनुगमन गदै लैजाने र कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।

नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र श्रेष्ठले नगर भित्र केही सहकारीहरूले  गैर जिम्मेबार तरीकाले कारोबार सञ्चालन गर्ने गरेको गुनासो आएको र अबका दिनमा त्यस्ता संस्थाहरुलाई नियमन गदै कारबाहीको दायरामा ल्याउने बताउनु भयो ।
साथै सस्थाको १३ औ साधारण सभा पश्चात बसेको बन्द सत्रले नया कार्य समिति समेत गठन गरेको छ। नया समितिमा अध्यक्ष पदमा राजेश श्रेष्ठ, उपाध्यक्ष्यमा इन्द्र कृष्ण श्रेष्ठ, सचिबमा सोहन कायष्ठ, कोषाध्यक्षमा हिरामान शंखदेब निर्वाचित गरेको छ।

ताजा समाचार

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

प्रभावशाली व्यक्तित्व बनाउन उपनाउनुहोस यी उपायहरू ।

Madhyapur Diary

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy