शिक्षा

बिद्यालय कर्नर – शिक्षा संगै संस्कार सिकाउँदै स्वप्न संसार ।

Buzz Education

मध्यपुरथिमि बोडे स्थित, स्वप्न संसार स्कूलमा शिक्षासंगै संस्कारलाई पनि प्रयोगात्मक रुपमा शिक्षण हुँदै आएको छ। सोही क्रममा बोडेका क्षेत्रका समाजसेवी श्री कृष्णबहादुर होना बिरामी हुनु भएकोमा बिद्यार्थी भाइबहिनीहरुबाट उहाँको स्वास्थ्य अवस्था बुझ्न उहाँकै कक्षमा भेटघाट गर्नुका साथै तथा शिघ्र स्वास्थ लाभको कामना गर्नु भयो । सो भेटघाटका क्रममा भाइबहिनीहरुले उहाँको हालको अवस्थाका बारेमा, रोगका बारेमा तथा उपचार सम्बन्धमा जानकारी लिनुका साथै बाँकी उपचारको पनि सफलताका लागि भगवानसँग प्रार्थना गर्ने बताउनु भयो । बोडेमा निर्मित कुमारी पार्क तथा कमलपोखरीको संरक्षण तथा सो परिसर निमार्णमा श्री कृष्णबहादुरज्यूको ठूलो योगदान रहेको बिद्यालयका संस्थापक कृष्णहरि घवाश्रेष्ठले बिद्याथी भाइबहिनीहरुलार्इ जानकारी दिनु भयो । प्रारम्भिक बालबिकासका क्रममा संस्कार तथा संस्कृति सम्बन्धि शिक्षा दिन सकेको अवस्थामा भविष्यका कर्णधारहरुले देश र जनता प्रतिको उत्तरदायित्व देखाउने भएको हुनाले स्वप्न संसारले यस प्रकारको शिक्षा प्रदान गर्दै आएको घवा श्रेष्ठज्यूले जनाउनु भयो ।

Buzz Education

ताजा समाचार

विनायक शिक्षा निकेतन का विद्यार्थीहरुलाई प्रोग्रेसिभ शिक्षणविधि सिकाई

Madhyapur Diary

मध्यपुरको विनायक स्कुलद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

Madhyapur Diary

मध्यपुर लिगको ३४ औं खेलमा वडा न ६ द्वारा वडा ७ पराजित | नतिजा ७ – १

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy