समाचार समाज

मध्यपुर थिमिमा बिरेन्द्र भक्तले छेडाए जिब्रो दोस्रो पटक ।

Buzz Education

मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले शनिवार दोस्रो पटक जिब्रो छेडएका छन । येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा अन्तर्गत श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएर मध्यपुर थिमिको जात्रालाई निरन्तरता दिएका हुन ।
मध्यपुर थिमिमा ईन्द्रजात्राको बेला आश्विन शुक्ल पुर्णिमाको दिन येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा सञ्चालन हुँदैं आएको छ । आर्थिक अभावका कारण निरन्तर सञ्चालन हुन नसकेको यो जात्रा ११ वर्षपछि २०७४ मा पुनः सञ्चालनमा आएको हो । २०७४ मा पनि उनै विरेन्द्रले जिब्रो छेडाउन तयार भएपछि जात्राले पुर्नजिवन पाएको थियो । २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाए । २०७६ मा जात्रा सञ्चालन हुन सकेन भने २०७७ र ०७८ मा कोरोना महामारीका कारण जात्राले निरन्तरता पाउन सकेको थिएन । यसपटक पुनः विरेन्द्र जिब्रो छेडाउन तयार भएपछि जात्रा पुनःसञ्चालन भएको हो ।
मध्यपुर थिमि नगरपालिका ५ स्थित दिगुलीमा रहेको प्रचण्डा भैरव मन्दिर अघिको डबलीमा विरेन्द्रले हजारौं जात्रालु र जात्रा हेरालुकोबीच करिव एक फिट लामो सियोले जिब्रो छेडाएका थिए । कर्मी नायोले विरेन्द्रको जिब्रो छेडेलगत्तै उपस्थित सबैले उहाँको जयजयकार गरेका थिए ।

Buzz Education

ताजा समाचार

कोटेश्वरमा मोटरसाईकल दुर्घटनामा थिमिका सुरजको मृत्यु ।

Madhyapur Diary

भानु देउवा प्रम को स्वकीय सचिब नियुक्त

Madhyapur Diary

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy