समाचार समाज

मध्यपुरको लोकन्थलीमा फलामे धोकाले किचेर बालिकाको मृत्यु ।

Buzz Education

श्रावण ३१- मध्यपुर थिमि नगरपालिका. वडा नं. १ लोकन्थली रमाईलो चोकमा रहेको तिलकप्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टदा एक जना बालिकाको मृत्यु भएको छ। घटना सोमबार घटेको हो ।
उक्त दुर्घटनामा सोही घरमा पाहुना आएकी नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालको छोरी वर्ष ५ की श्रीसिजा अर्यालको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार गेटको ढोकाले किच्दा बालिका गम्भीर घाइते भएकी थिइन्। तत्काल उपचारको लागि बालिकालाई मध्यपुर अस्पताल लगेकोमा उपचारको क्रममा साँंझ मृत्यु भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरको बिनायकमा तिज नृत्य प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

मध्यपुरका नेता मदन कृष्ण श्रेष्ठद्वारा १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदबारी घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy