समाचार समाज

प्रियङ्का कार्की मुद्दा हाल्ने तयारीमा – कस्लाई ?

Buzz Education

 

चैत्र ९ क्रिप्टोकरेन्सी मुद्धामा आफ्नो फोटो दुरुपयोग गरी चरित्र हत्या गरिएको भन्दै अभिनेत्री अभिनेत्री प्रियङ्का कार्कीले आफूले कानुनी उपचारबारे परामर्श थालेको बताएकी छिन् । बीबीसीसँगको कुरामा उनले यस्तो बताएकी हुन् ।

फेसबुकको एउटा ‘स्पोन्सर्ड’ पोस्टमा कार्कीको फोटोसहित ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखा परेको देखियसंगै उक्त विषयमा आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग सोधपुछ गरेको थियो।अभिनेत्री कार्कीका अनुसार क्रिप्टोसम्बन्धी विज्ञापन देखेर नेपाल राष्ट्र ब्याङ्कले सीआईबीलाई जानकारी दिएपछि उसले आफूलाई सोधपुछका लागि बोलाएको थियो। बिना  स्वीकृति नै गैरकानुनी कारोबारसम्बन्धी विज्ञापनमा तस्बिर प्रयोग गरेर चरित्रहत्या गरिएको अभिनेत्री कार्कीले बताइन्।उनका अनुसार फेसबुकमा स्पोन्सर्ड पोस्ट गरेको वेबसाइट सिङ्गापुरमा दर्ता भएकोू प्रहरीले पत्ता लगाएको छ।

‘फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिङ्गापुरमा दर्ता भएको त्यो वेबसाइटविरुद्ध मुद्दा हाल्ने भन्ने विषयमा लीगल टीमसँग मेरो कुरा भइरहेको छ,’ अभिनेत्री कार्कीले भनिन्। इन्भिजिबलफ्रेन्ड्स डट कोु ले आउटसोर्स गरेर स्थानीय विज्ञापन नेपालमा बनाउन लगाएको र त्यसका लागि कसै न कसैलाई नेपालमा हात लिएको हुनुपर्ने उनको ठम्याइ छ।

Buzz Education

ताजा समाचार

मध्यपुर -९ मा मिस लिटिल नेवाः सोसियल वेलफेयर एम्बेस्डर र मिस फ्रेन्डसिप बिजेता आर्या श्रेष्ठ सम्मानित ।

Madhyapur Diary

४२ बर्ष पछि मनोहरामा भेटियो सेतो पंखे फ्यालफ्याले ।

Madhyapur Diary

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy