मध्यपुर थिमि ५ स्थित भुलाँखेलमा बिहिबार नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति द्वारा नेपाल संबत११४२ को पावन अवशरमा एक चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस मध्यपुर थिमिका नगर सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा
प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाश मान सिंह रहनु भएको थियो भने बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल नेता मनमोहन भटराई, केन्दिय सदस्य कमला पन्त , पुर्व जिल्ला सभापतिद्धय महेश श्रेष्ठ र गणेशमान चक्रधर, नेपाली कांग्रेसका नेता अष्टकुमार कवे, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली कांग्रेस मध्यपुर थिमि नगर उपसभापति अनिल श्रेष्ठ, सचिव राम थापा लगाएतका थुप्रै अन्य कंग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।
नगरसभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०४२ सालको सत्याग्रहमा सहभागी भई जेल परेका मध्यपुर थिमि नगरभित्रका सत्याग्रही र तत्कालिन चपाचो गाविस र मध्यपुर थिमि ९ र १० वडामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै नेता सिंहले बिद्यान र निति नियम अनुशार चल्न नसक्दा नेपाली कांग्रेस कमजोर हुदै गएको टिप्पणी गर्नुभयो । साथै न्यायपालिकाको अहिलेको वेथिती के पी शर्मा ओलीको पालामा शुरु भएको आरोप लगाउँदैं नेता सिंहले त्यसलाई सुधार गर्न केही समय लाग्ने बताउनुभयो ।