अर्थतन्त्र विश्व समाचार

श्रीलंकाली अर्थतन्त्र किन डगमगायो ?

Buzz Education

चैत्र –  ८ पछिल्लो समय देखिएको आर्थिक संकट श्रीलंकाका लागि निक्कै कष्टदायक बन्दै गएको छ । संकट यति सम गहिरो हुदै गएको छ कि श्रीलंका संग प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा बिधार्थी हरुले बार्षिक परिक्षा समेटबाट बञ्चित बन्नुपर्ने अवस्था सिर्जना भएको छ । यस संगै लाखौं लाख बिद्यार्थैको भबिष्य अन्धकारमय हुने हो कि भन्ने चिन्ता बढन थालेको छ । सरकारी शिक्षा निकायहरू संग पर्याप्त बिदेशी मुद्रा नहुंदा कागज र मसी किन्न नसकिएको बताईएको छ । देशको यो अवस्था संगसंगै ४५ लाख भन्दा बढी बिधार्थी परीक्षा दिनबाट बञ्चित भएका छन । यति मात्र हैन बिदेशी मुद्राको अभावकै कारण २ करोड २० लाख जनताले खाधान्न, इन्धन र औषधिको चरम अभाब झेलिरहेकोछ भने दैनिक उपभोग्य सामाग्री खरीद गर्न मानिसहरू घन्टौं को लाम लाग्न बाध्य भएका छन । अन्तराष्ट्रीय समाचार ऐजेन्सीहरूले उल्लेख गरे अनुशार इन्धनको अभाब चरम चुलिमा पुगिए संगै लाइनमै मानिसहरूले ज्यान समेत गुमाई सकेका छन । श्रीलंका संग बिदेशी मुद्रा किन अभाब हुन गयो भन्ने सन्दर्भमा सन २०१९ मा भएको आतंकबादी हमलालाई सम्झीनु पर्ने हुन्छ । आतंकबादी आक्रमण पश्चात डगमगाएको श्रीलंकाली पर्यटन ब्यबसायलाई सन २०१९ मै शुरू भएको कोरोणा महामारीले धाराशाही बनायो । देशको कुल ग्राहस्थ उत्पादनको १० % हिस्सा पर्यटन क्षेत्रल धान्दै आएको थियो ।
अर्कोतर्फ चीन लगाएतका देशसंगको बैदेशिक ऋण पनि श्रीलंकाका लागि अर्को पिडाको कारण बन्न पुर्‍यो ।

बिश्वब्यापी महामारी र आतंककारी हमला पश्चात डगमगाएको परियोजनाहरू असफल प्राय भएपश्चात श्रीलंका बैदेशिक ऋ्णको चंगुलमा फस्न पुगेको बिश्लेषण गरिएको छ । श्रीलंका संग चीनको मात्रै ५ अर्ब डलर भन्दा बढी ऋण रहेको बताइन्छ ।
पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमनले पनि श्रीलंकाको आलो घाउमा नुन छर्केको अवस्था श्रृजना भएको छ । कम बर्षाका कारण बिधुत उत्पादनमा कतौटी भएसंगै बिजुलीका लागि कोइला र डिजेल प्लान्तमा निर्भर श्रीलंका अन्तराष्टिय बजाममा इन्धनको मूल्य बृद्रि संगै थप आर्थिक संकटमा पुगेको छ । इन्धनकै कम आपुर्तिको कारण उद्योग कलकारखानाहरु बन्द अवस्थामा पुगेका छन ।

Buzz Education

ताजा समाचार

शताब्दी पुरुष जोशी प्रति स्वप्न संसारमा श्रद्धाञ्जली अर्पण

Madhyapur Diary

मध्यपुर थिमिको मिलरोडमा बिषमता बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सञ्चालनमा

Madhyapur Diary

मध्यपुर थिमिको बोडेमा राष्ट्रिय स्तरको नेशनल एपिक म्युजिक अवार्ड हुने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy