
प्रभावशाली मानिस सफलताको शिखरमा चाँदै पुगेका हुन्छन । हामी आफु सफल हुन अरुको साथ र सहयोग चाहिन्छ । तर प्रस्तुति र शैली आकर्षक र प्रभावकारी वन्न नसक्दा कतिपय व्यक्ति हरुले भने अनावश्यक दुखः भोग्न बाध्य हुनु परेको हुन सक्छ ।
प्रस्तुत छ केही यस्ता कुराहरू जस्लाई ध्यान दिन सकेको खण्डमा ब्यक्ति प्रभावकारी बन्न मदत गर्दछ ।
१. व्यक्तिको बोली र व्यवहार सुधार्नुस ।
कोही पनि मानिस छिट्टै प्रभावित हुने पहिलो अस्त्र भनेको बोली र व्यवहारले नै हो । त्यसैले तपाई कसैसँग कुराकानीका क्रममा हुनुहुन्छ भने मिठो बोली, आदरपूर्वक ब्यवहार गर्नु भयो भने यसले छिट्टै अरुलाई प्रभावित पार्न सक्छ ।
२. आफ्नो पहिरनमा ध्यान दिनुस् ।
मानिसको राम्रो ब्यक्तित्व झल्काउने अर्काे अस्त्र हो, पहिरन । हुन त पहिरन मात्रै मानिसलाई प्रभावित पार्ने मूल कारण होइन तर सुहाउँदो र सफा कपडाको छनोट गरेमा भेटेको ब्यक्तिलाई तपाईले प्रभावित पार्न सक्नुहुनेछ ।
३. कम बोल्ने बानिको अभ्यास ।
धेरै मानिसमा आफूमात्र बबोल्न बानी हुन्छ । तर यसले अरुको सामुन्ने तपाई धेरै कुरा गर्ने ब्यक्तिका रुपमा परिचित हुनु हुनेछ । तसर्थ कसैसँग कुराकानीको क्रममा हुनुहुन्छ भने आफू कम बोलेर उसको कुरा सुनिदिनु भयो भने यसले तपाईप्रति राम्रो धारणा बन्दछ ।

४. अरुलाई सम्मान दिनुहोस् ।
आफूलाई ठूलो देखाउन केही मानिस आफू मुनिका वा तल्लो वर्गका मानिससँग सम्मानपूर्वक बोल्दैनन् । तर यसले तपाई स्वयम्लाई क्षति पुर्याउँछ । तसर्थ कोहीसँग कुराकानीको क्रममा हुनुहुन्छ भने तँ वा तिमी सम्बोधनभन्दा पनि तपाईं शब्दको छनोट गर्नुहोस् ।
५. आफ्नो कमजोरी नदेखाउनुहोस् ।
सबैले सकारात्मक मानिससँग संगत गर्न चाहन्छन् । तर केही मानिस आफ्नो कमजोरी वा दुखान्त सुनाएर अरुको मन पगाल्न खोज्दछन् भने ती आफैँमा कमजोर आत्मविश्वास भएका मानिस हुन् । त्यसैले कोही ब्यक्तिसँग कुरा गर्दा आफ्नो कमजोरी खुलेर नबताउनुहोस् ।
६. जे छ त्यही भन्नुहोस् ।
अरुलाई प्रभावित पार्ने नाममा कतिपय मानिस आफैँ आफ्नो वर्णन गरिरहेका हुन्छन् । तर यो अवस्थामा तपाईले आफू जे हो त्यही रुपमा प्रर्दशन हुनु भयो भने भविष्यमा कुनै कुराको ढाकछोप गर्न झुट बोल्नु पर्ने स्थिति आउँदैन । त्यसैले नचाहिँदो शान नदेखाउनुहोस् ।

