समाचार समाज

मोरङमा झडपमा घाईटे महिला प्रहरी जवानको मृत्यु ।

 

चैत्र – ६ मोरङमा एक छात्रा माथि आफ्नै शिक्षकले दुर्व्यबहार गरेको बिषयमा बिबाद हुदा भएको स्थानीय र प्रहरी बीचको तनाबमा घाईटे भएका नेपाल प्रहरीका महीला प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान उर्मिला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर भएकी जवान श्रेष्ठको उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको शब कोशी अस्पतालमा राखिएको बताईएको छ ।आफ्नै छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारवाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयबासीले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए ।
प्रहरीले घाइते भएका सर्वसाधारणको संख्याबारे केही
थाहा नभएको जनाएको छ। प्रहरीले झडपका क्रममा
हवाई फायरसमेत गरेको स्थानीयबासी बताउँछन्। प्रहरीले भने घटनामा प्रहरी घाइते भएपछि भीड तितरवितर भएकाले घाइते गाउँलेबारे केही थाहा नभएको जनाएको छ।
आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।

ताजा समाचार

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच भेटघाट । मध्यपुरमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy