समाचार समाज

आफ्नै मिल्ने साथीद्वारा बालकोटका राजनको हत्या भएको खुलासा ।

Buzz Education

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए। उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाँै भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।

रासस

Buzz Education

ताजा समाचार

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमि नगरपालिकामा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री-वितरणमा कडा निगरानी सुरु।

Madhyapur Diary

शाहरूख पुत्र आर्यन खान जमानतमा रिहा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy