समाचार समाज

भक्तपुरमा माघ ५,६,७, र ८ गते पुस्तक प्रदर्शनी हुने ।

Buzz Education

भक्तपुर । भक्तपुरमा यो वर्ष पनि वृहत पुस्तक प्रदर्शनी हुने भएको छ। देश र जनताको निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ भक्तपुरका ११ जना स्थानीय युवाहरुको समूहको रुपमा रहेको आरम्भ नेपालले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने भएको हो। सो समूहले गत वर्षको फागुनमा पुस्तक प्रदर्शनी गरेको थियो।
गत वर्षको प्रदर्शनीबाट उत्साहित समूहले आगामी माघको ५, ६, ७ र ८ गते(चारदिन) पुस्तक प्रदर्शनी गर्ने भएको हो। स्थानीय स्रोत साधनको प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने तथा युवाहरुलाई सुसंस्कृत र देशभक्त बनाउने काम गरिरहेको सो समूहले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको समूहका अध्यक्ष बालकृष्ण बनमालाले बताए।
अध्ययन संस्कृतिको विकास गराउनका लागि गर्न लागेको सो पुस्तक प्रदर्शनीको उद्घाटनसँगै बाल कविता प्रतियोगिता, कला र साहित्यसम्बन्धी अन्तरक्रिया, ख्याल र नाटकमा भक्तपुर विषयक अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ।
भक्तपुरको कमलविनायकस्थित लामगालमा हुने सो प्रदर्शनीमा दैनिक १० हजारजनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ भने तीन दर्जन पुस्तक प्रकाशकहरुको उपस्थिति रहने गरी तयारी थालिएको समूहका सदस्य दिनेश प्रधानले बताए।
पुस्तक प्रदर्शनीका अलावा भक्तपुरको पहिचान समेट्ने खाजा, भेषभूषा, कला संस्कृतिसम्बन्धी प्रदर्शनी समेत रहने आयोजकको भनाइ छ ।

हरि सुन्दर छुका

Buzz Education

ताजा समाचार

भक्तपुर उद्योग बाणिज्य संघको ३४ औ बार्षिक साधारण सभा, उत्कृष्ट ५ निर्यातकर्ताहरु सम्मानीत ।

Madhyapur Diary

भरतमणी बने कमेडी च्यामपियन |

Madhyapur Diary

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy