समाचार समाज

भक्तपुर इन्टरनेसनल अस्पताल मा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरु ।

Buzz Education

गरीब, असहाय, अनाथ तथा विपन्न बर्ग लाईलक्षित गर्दै यस वर्षको अन्तसम्म विभिन्न रोगको निःशुल्क उपचार गरिने भएको छ । मध्यपुर थिमि-३, कौशल्टारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालले विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरुगर्ने भएको छ । गरिब, असहाय, अनाथ तथा विपन्न वर्गलाई लक्षित गर्दै विभिन्न रोगको विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने भएको हो ।

अस्पतालले यही मङ्सिर १५ गतेदेखि ‘एक बार एक सेवा’ दिने लक्ष्यका साथ सात दिन सात रोगको उपचार सेवा निःशुल्क प्रदान गर्न लागेको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालले प्रत्येक आइतबार हाडजोर्नी तथा नसारोग, सोमबार सर्जरी र न्युरो, मंगलबार जनरल फिजिसिएन र स्त्रीरोग, बुधबार बालबालिकाका लागि बालरोग, हाडजोर्नी तथा नसारोग र न्युरो रोग ,बिहीबार नाक, कान तथा घाँटी र न्यूरो, शुक्रबार मुटु रोग, एवम् शनिबार मधुमेह रोगका सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ ।

अस्पतालले उपचारमा सबैको पहुँच पु¥याउने ध्येयले विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

Buzz Education

ताजा समाचार

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १४ औ खेलमा वडा ७ द्वारा वडा ४ पराजित |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy