
पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन बिहिबार काठमाडौं आएका भारतीय योगगुरु बाबा रामदेवले शुकबार नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।
प्रधानमन्त्री देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
यस्तै योगपीठले आजै स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ । बाबा रामदेब १ हप्ताको लागि नेपालमा रहने कार्यक्रम रहेको बताईएको छ ।

