समाचार समाज

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Buzz Education

सुरेश ख्वाक श्रेष्ठको रिपोर्ट ( मध्यपुर डायरी संबाददाता )

असार -२० – मगन इन्टरटमेन्टको निर्माणमा नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियो असार २० गते दिउसो २ बजे मगन इन्टरटेमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । किर्तिपुरका खेलाडी तथा संगितकार भूवन महर्जनको शब्द संगीतमा तयार भएको उक्त गीतमा गायक राजेन्द्र डंगोलले स्वर दिएका छन भने संगितकार तथा गायक सुरेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन । किर्तिपुरको इतिहासमा एक फरक विशेषता भएको पात्रको चरित्रलाई यस म्युजिक भिडियोमा प्रस्तुत गरिएको बताईएको छ । झण्डै पन्ध्र बर्ष आगाडी ताका किर्तिपुरमा भारी बोक्ने कार्य गर्ने पात्रको कथा यस म्युजिक भिडियोमा समेटिएको छ । किर्तिपुर बसिले बिजय भनेर चिन्ने उक्त पात्रको सडक जीवनलाई पर्दामा उतारिएको बताईएको छ ।

लामो समय देखि नेपाल भाषाको कलाकारीतामा लोगेका कलाकार लक्ष्मी कुमार महर्जनको मुख्य भुमिकामा रहेको उक्त म्युजिक भिडियो को छाँयाकन तथा निर्देशन रजिन महर्जनले गरेका छन भने देबेन्द्र महर्जन, बुद्ध लक्ष्मी महर्जन, नरेन्द्र महर्जन, ज्ञानि शोभा महर्जन लगाएतका कलाकारहरूले उक्त म्युजिक भिडियोमा अभिनय रहेको बताईएको छ । किर्तिपुरका बिभिन्न स्थानहरूमा छांयाकन गरीएको उक्त म्युजिक भिडियो नेपाल भाषामा निर्मित अन्य बिभिन्न म्युजिक भिडियो हरु भन्दा पृथक रहेको बताउनु भयो । भिडियोको कलर ग्रेडिङ सञ्जीब रत्न शाक्यले गरेका छन भने सहायक निर्देशन बिक्रम महर्जनले र कला निर्देशन रेलिजा श्रेष्ठले गरेका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुर संचार समाज द्वारा रक्तदान कार्यक्रम आयोजना ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy