
भक्तपुरको राधेराधेमा एक महिला मृत भेटिएकी छिन । रामेछाप खाँडादेवी गाउँपालिका १ राकाथुम निवासि बर्ष २७ कि बिमला बिक नाम गरेकी महिला मृत फेला परेकी हुन । मध्यपुर थिमि नगरपालिका स्थित राधे राधेमा आफ्नै कोठामा उनलाई मृत फेला पारीएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

