समाचार

थिमिको चारदोबाटोमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु ।

Buzz Education

मध्यपुर थिमि चारदोबाटोमा मोटर साईकल दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । काठमाडौबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बीचमा डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकलका चालक प्रदिप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष २९ को कार्कीलाई दुर्घटनापश्चात उपचारको क्रममा नजिकैको मध्यपुर अस्पतालमा  मंगलबार विहान मृत्यू भएको प्रहरीले जनाएको छ ।

लाश पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ । महानगरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित मोटरसाइकल महानगरीय प्रहरी वृत थिमि भक्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको बताइएको छ ।

Buzz Education

ताजा समाचार

फेरी बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य। कुनको कति ?

Madhyapur Diary

भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूको आपति

Madhyapur Diary

जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा १६ बुँदे आदेश जारी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy