मध्यपुर थिमि चारदोबाटोमा मोटर साईकल दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । काठमाडौबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बीचमा डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकलका चालक प्रदिप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष २९ को कार्कीलाई दुर्घटनापश्चात उपचारको क्रममा नजिकैको मध्यपुर अस्पतालमा मंगलबार विहान मृत्यू भएको प्रहरीले जनाएको छ ।
लाश पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ । महानगरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित मोटरसाइकल महानगरीय प्रहरी वृत थिमि भक्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको बताइएको छ ।
