राजनीति समाचार समाज

मध्यपुर-५ भूलाँखेलमा नेपाली कांग्रेसको चियापान समारोह सम्पन्न ।

Buzz Education

मध्यपुर थिमि स्थित भुलाँखेलमा बिहिबार नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति द्वारा  नेपाल संबत११४२ को पावन अवशरमा एक चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस मध्यपुर थिमिका नगर सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा
प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाश मान सिंह रहनु भएको थियो भने बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल नेता मनमोहन भटराई, केन्दिय सदस्य कमला पन्त , पुर्व जिल्ला सभापतिद्धय महेश श्रेष्ठ र गणेशमान चक्रधर, नेपाली कांग्रेसका नेता अष्टकुमार कवे, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली कांग्रेस मध्यपुर थिमि नगर उपसभापति अनिल श्रेष्ठ, सचिव राम थापा लगाएतका थुप्रै अन्य कंग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

बिज्ञापन

नगरसभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०४२ सालको सत्याग्रहमा सहभागी भई जेल परेका मध्यपुर थिमि नगरभित्रका सत्याग्रही र तत्कालिन चपाचो गाविस र मध्यपुर थिमि ९ र १० वडामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्नु हुँदै नेता सिंहले बिद्यान र निति नियम अनुशार चल्न नसक्दा नेपाली कांग्रेस कमजोर हुदै गएको टिप्पणी गर्नुभयो । साथै न्यायपालिकाको अहिलेको वेथिती के पी शर्मा ओलीको पालामा शुरु भएको आरोप लगाउँदैं नेता सिंहले त्यसलाई सुधार गर्न केही समय लाग्ने बताउनुभयो ।

Buzz Education

ताजा समाचार

जस्ले दसौ लाखको पुस्तक किने – सजिब श्रेष्ठ

Madhyapur Diary

मध्यपुर ३ कौशलटारमा माओबादी केन्द्रको सम्पर्क कार्यालय स्थापना |

Madhyapur Diary

भक्तपुर इन्टरनेसनल अस्पताल मा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy