
कार्तिक १६ सेभ नेवा:भ्यालि द्वारा स्वन्ती नखः तथा नेपाल संबत११४२ को पावन अवशरमा एक चियापान कार्यक्रम तथा अभियन्ता सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
काठमान्डौ स्थित लगन टोलमा आयोजित उक्त कार्यक्रममा सेभ नेवा: भ्यालिका अध्यक्ष शैलेश बरे द्वारा ६० जना अभियन्ता हरुलाई सम्मान गरीएको थियो ।

उक्त कार्यक्रममा न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जन रत्न शाक्य,सांसद भिमसेनदास प्रधान, कृष्ण गोपाल श्रेष्ठ ,नेवाः नेता मल्ल के.सुन्दर, नरेश ताम्राकार, नरेश बीर शाक्य विशेष अथितिको रुपमा सहभागिता रहेको थियो।


