राजनीति समाचार

मध्यपुर वडा-८ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न

Buzz Education

 

नेपाल कम्यूनिष्ट पार्टी  (माओबादी केन्द्र ) को मध्यपुर थिमि वडा न ८ वडा कमिटी गठन सम्पन्न भएको छ। शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा लक्ष्मी कृष्ण खम्बुको अध्यक्षतामा २१ सदस्यीय  पार्टी कमिटी र रबि मस्त्रां श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय वडा स्तरिय वाईसिएल वडा कमिटी गठन गरिएको हो ।


यसअगाडी वडा न २,३,४,५ मा वडा अधिवेसन सम्पन्न भई सकेको छ भने बाकी वडाहरूमा पनि हुने क्रममा रहेको छ।


बोडे स्थित सिद्धिगणेश  स्विमिङग पुलमा सम्पन्न भएको उक्त अधिवेसनमा सम्बोधन गर्नु हुदै प्रमुख अतिथि माओबादी केन्द्रका सदस्य एवम भक्तपुर जिल्ला ईन्चार्ज कमरेड दिलिप कुमार प्रजापति भिष्मले  १० बर्षे जनयुद्ध बाट प्राप्त उपलब्धि रक्षा गर्न युवा बर्ग अग्रसर भएर लाग्नु पर्ने अवस्था आएको बताउनु भएको थियो । उहाले ओली संगको सहकार्य समाप्त भएपनि अन्य कम्युनिष्ट शक्तिहरू संगको एकता प्रयास जारी रहने जनाउनु भएको छ।


कार्यक्रममा मध्यपुर थिमि पार्टी नगर इन्चार्ज कृष्ण लाल गोजा श्रेष्ठ, सह इन्चार्ज उमेश लम्साल, नगर संयोजक बिजय श्रेष्ठ, वाईसिएलका केन्द्रीय सदस्य नरेश वाईवा, मध्यपुर थिमि नगर अभियान टोलिका सदस्य अधिवक्ता शिव शुन्दर श्रेष्ठ लगाएतका वक्ताहरुले बोल्नु भएको थियो ।

Buzz Education

ताजा समाचार

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

Madhyapur Diary

मध्यपुरको दिगुलीबाट हराएका दसराम प्रजापति मृत फेला ।

Madhyapur Diary

ग्वार्कोमा गुडिरहेको बस पल्टिंदा १८ यात्रु घाईटे ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy