राजनीति समाचार

मध्यपुर थिमि नेपाली कांग्रेस नगर अधिवेसनमा हरिदास प्रजापतिको प्यानल बिजयी ( नामावली सहीत )

Buzz Education

 

मध्यपुर डायरी संबाददाता

असोज -१० – नेपाली कांग्रेस १४ औ महाधिवेसन २०७८ अन्तरगत मध्यपुर थिमि नगर अधिवेसनमा हरि दास प्रजापतिको प्यानल बिजयी भएको छ । सभापति पदको लागि भएको चुनाबमा हरि दास प्रजापतिले कुल १९० मत ल्याई सभापति बन्न सफल भए भने सभापति पदका प्रतिद्धन्दि सुरेन्द्र श्रेष्ठको पक्षमा ८५ मत खसेको छ ।

त्यस्तै उपसभापति पदका लागि भएको चुनावमा अनिल श्रेष्ठले २०६ तथा सिताराम कुटुले २१३ मत ल्याई बिजयी हुन सफल भएका छन । उपसभापति पदका प्रतिद्धन्द्धि दान कृष्ण प्रजापतिले कुल ९३ र बालकृष्ण प्रजापतिले ६१ मत प्राप्त गरेका छन ।

त्यस्तै सचिब पदका लागि भएको चुनाबमा राम थापा मगरले २०२ मत र रबि घजुले २०५ मत ल्याई बिजयी भएका छन भने प्रतिद्धन्दिहरू दिनेश श्रेष्ठ र सबिन प्रजापतिले क्रमश ७३ र ५४ मत प्राप्त गरेका छन ।

सहसचिब पदका लागि भएको चुनाबमा बिजय प्रजापतिले २२४ मत र जीवन श्रेष्ठले १८५  मत ल्याई जित हासिल गरेका छन भने प्रतिद्धन्दी ॐ जिमा श्रेष्ठले ६५ मत र प्रबिण हायजुले ७५मत हासिल गरेका छन ।

नवर्निवाचित मध्यपुर नगर सभापति हरिदास प्रजापतिले आफु सभापतिको रुपमा बिजयी भएपनि पूर्व सभापतिको
रुपमा बिजयी भएपनि पूर्व सभापति सुरेन्द्र श्रेष्ठ लगायत पराजित अन्य उम्मेदबार हरुलाई समान रूपमा समेटेर नेपाली कांग्रेस लाई नगर , जिल्ला र केन्द्र सम्म पनि उत्कृष्ट पार्टी बनाउन लागि पर्ने बताउनु भयो ।

त्यस्तै सहसचिब पदबाट हरि दास प्यानल बाट उमेदबार दिई बिजयी हुनुभएका बिजयी प्रजापतिले मध्यपुर नगर भित्रको नेपाली कांग्रेसलाई युवामय बनाई अधि बढ्ने बताउनु भएको छ ।
अधिवेसनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्ला निर्वाचन अधिकृतका रूपमा खटिनु भएका अधिवक्ता मुकुन्द शर्मा पौडेलले बिजेता तथा पराजित सबैमा आपसी मनमुटाब हटाई तन मन धनले योगदान दिई नेपाली कांग्रेसलाई अगाडी बढाउन आग्रह गर्नु भयो ।
निर्वाचित सम्पूर्ण पदाधिकारीहरू सहितको नामावली तस्वीर यसप्रकार छ ।

नामावली
नामावली
नामावली

नामावली
नामावली
Buzz Education

ताजा समाचार

मध्यपुर ३ कौशलटारमा माओबादी केन्द्रको सम्पर्क कार्यालय स्थापना |

Madhyapur Diary

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

मध्यपुर थिमिमा घरको छटबाट खसेर युवकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy