राजनीति

मध्यपुर ३ कौशलटारमा माओबादी केन्द्रको सम्पर्क कार्यालय स्थापना |

 

चैत्र १९ – माओवादी केन्द्रले मध्यपुरथिमी नगरपालिका वडा नं. ३ को पार्टीको सम्पर्क कार्यालय कौशलटारमा स्थापना गरीएको छ । आसन्न स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा वडा कमिटीले भक्तपुरको कौशलटारमा पार्टीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलीप प्रजापतिको प्रमुख आतिथ्यता र माओवादी नेताहरु प्रतिमा श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, सुनिल बासु, वाईसिएल भक्तपुर जिल्ला संयोजक नरेश रञ्जीत, कल्पदीप राईलगायतको विशेष आतिथ्यतामा उक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

सम्पर्क कार्यालयको स्थापनाले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको कार्ययोजना एवं कार्यकर्ताहरुसँगको साक्षात्कारका साथै कार्यकर्ता परिचालनका लागि सहजता हुने पनि कार्यक्रमका प्रमुख अतिथि दिलिप प्रजापतिले बताउनुभयो ।

त्यस्तै सम्पर्क कार्यालयका सञ्चालनसँगै आसन्न निर्वाचनमा मध्यपुर थिमी मात्र नभएर भक्तपुर जिल्ला भरि नै युवाहरु परिचालन गर्नका लागि सहज हुने अपेक्षा राखेको वाईसिएल जिल्ला संयोजक नरेश रञ्जीतले बताउनुभयो । उक्त कार्यक्रम रमेश प्याथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

ताजा समाचार

एमसिसी पास नगर्न नेमकिपाको संसद भवन अगाडी ब्यापक प्रदर्शन ।

Madhyapur Diary

मध्यपुर ९ वडा अध्यक्षका लागि जीवन थापाको उम्मेदबारी दर्ता ।

Madhyapur Diary

म.थि.न.पा ८ र ९ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy