बाबा बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १६ औं बार्षिक साधारण सभामा दिइएको जानकारी अनुशार संस्थाले आर्थिक बर्ष २०७७ /७८ मा ५७ लाख ३६ हजार ४ सय५८ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाको १६ औं वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ. व. मा ४ करोड ९२ लाख २ हजार १ सय रुपैयाँ शेयर पूँजी रहेको र ३५ कारोड ८७ लाख ७२ हजार ४ सय ४३ रुपैयाँ ८६ पैसा निक्षेप संकलन गरी २९ करोड ९७ लाख ६५ हजार ९ सय ६२ रुपैंया २६ पैसा लगानी भएको थियो।

उदघाटन कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहनु भएका मध्यपुर थिमि नगपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले पानसमा दिप प्रजवलन गर्नु भई साधारण सभाको सुरवात गर्नु भएको थियो। कार्यक्रमका बीच बोल्नु हुँदै उहाले बाबा बचत तथा ऋण सहकारी संस्थाले नाफा नोक्सानको सुचकांकको आधारमा संस्था प्रगति उन्मूख रहेको बताउनु भयो।
प्रमुख मदन सुन्दर श्रेष्ठले संस्थाले समाज कल्यानका बिबिध क्षेत्रमा योगदान पुर्याउन नेतृत्वदायी भूमिका खेल्दै आएको स्मरण गर्नु भयो।

वडा न ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले संस्थाले शिक्षा, स्वास्थय लगाएत सामाजिक संस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदान कदरणीय रहेको चर्चा गदै संस्थाको प्रगतिको कामना गर्नुभयो ।
कायक्रमका बीच सम्बोधन गर्नु दुँदै संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाले सम्पूर्ण सदस्य हरुको प्रगति को लागि सहकारी मूल्य र मान्यता अनुरूप आर्थिक कारोबार गर्दै आएको बताउनु भयो।
संस्थामा आबद्द सदस्यका छोराछोरीहरु मध्ये बिभिन्न संकायमा स्नातकोतर उत्तीर्णहरुलाई सम्मान तथा पदक दिईएको थियो।
कार्यक्रममा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले आ. व. २०७७/७८ को प्रगति प्रतिवेदन तथा आ. व. २०७८/७९ को वार्षिक कार्ययोजना, कोषाध्यक्ष पे्रमरत्न मानन्धरले आ. व. २०७७/७८ को आर्थिक प्रतिवेदन तथा आ. व. २०७८/७९ को अनुमानित बजेट प्रस्तुत गरी पारित गरिएको थियो।
