
असोज -२ – नेपाल मजदुर किसान पार्टीको बर्गिय संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी बिद्यार्थी संघ मध्यपुर थिमि नगर समितिको आयोजनामा मध्यपुर थिमिमा अहिले चर्चामा रहेको एमसिसी सम्झौताको बिरोधमा जुलुस तथा कोणसभा आयोजना गरीएको छ। जुलुश मध्यपुर थिमिको शंखधर चोकबाट सुरु भई नगरको बालकुमारी, चपाचो, बाहखा, नगदेश, मिलरोड हुँदै बोडेको चारदोबाटो चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

एमसिसी सम्झौता देशघाटी सम्झौता हो भनी जनतालाई बुझाउन उक्त कार्यक्रम आयोजना गरीएको बताईएको छ । एमसिसी सम्झौता दिर्घकालीन रूपमा देश र जनताको बिरुद्धमा रहेकाले बिरोध कार्यक्रम गर्नु परेको आयोजकले जनाएको छ ।

बिभिन्न ठाउँहरूमा भएको कोणसभामा सम्बोधन गर्ने क्रममा नेपाल क्रान्तिकारी बिधार्थी संघका सुरेश परियारले शंखधर चोकमा एमसिसी बिरुद्ध सबै दलहरू एक्यबद्ध भई लागिपर्न आव्हान गर्नु भयो। बालकुमारीमा भएको कोणसभालाई सम्बोधन गर्नुहुँदै क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका सचिब हरि सुन्दर सुवालले जनतालाई एमसिसि बिरुद्ध किन लागि पर्नु पर्छ भनि जनतालाई बुझाउन आवश्यक रहेको र यस्कालागि लागिपर्नु सम्पूर्णमा आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिका बिर कृष्ण प्रजापतिले नेताहरूले व्यक्तिगत लाभका लागि एमसिसी सम्झौता गर्न लागेकाले सचेत भई प्रतिकारमा लाग्नु पर्ने बेला आएको बताउनु भयो ।

नगदेशमा भएको सभालाई सम्बोधन गदै नेपाल क्रान्तिकारी बिधार्थी संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले देशभक्त जनताले अहिलेको अवस्थामा चुपलागेर बसेको अवस्थामा देश र जनतालाई ठूलो घाटा हुने बताउनु भयो ।
नगरका बिभिन्न ठाउँहरू हुँदै बोडेको चारदोबाटो चोकमा भएको समापन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै नेमकिपाको मध्यपुर नगर समितिका उपाध्यक्ष प्रेमजन थापा श्रेष्ठले एमसिसी सम्झौता लागु भएमा नेपालको हालत अफगानिस्तानको जस्तै हुने , बिदेशी सेना नेपालमा आउने र यो देशका ठूला भनिने नेताहरूले देशलाई एमसिसीको नाममा गुलाम बनाउन लागि परेको बताउनु भयो ।


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सांसद सुरेन्द्र राज गोसाईले यदी एमसिसी सहयोग र अनुदान मात्र हो भने टेलिभिजनमा किन बिज्ञापन बजाउन लगाइन्छ र सहयोग लिन किन कर गरीन्छ भनि प्रश्न गर्नु भयो । उहाँले ” दालमे कुछ काला हे ” भन्दै सम्पूर्ण नेपाली दाजुभाई दिदीबहीनीमा एमसिसी बिरुद्धमा लाग्न आव्हान गर्नुभयो। उहाँले अरु सहयोग र अनुदान संसदबाट पास गर्न नपर्ने तर एमसिसी सम्झौता किन संसदबाटै पास गर्न पर्ने भनि प्रश्न गर्नुभयो।

