समाचार समाज

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Buzz Education

 

मध्यपुर -६ सिद्धिकाली चोकमा नेवाम्याक्स ईलेक्ट्रोनिक्स असोज-४ गते देखि सन्चालनमा आएको छ । सिद्धिकाली चोकबाट नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल पुग्ने मार्गमा अवस्थित नेवाम्याक्स इलेक्ट्रोनिक्समा रेफ्रिजेरेटर, वासिङगमेसिन,ओभन,भ्याकुमक्लिनर, फ्यान, टि भि लगायतका होम आपलाईन्सेसहरु पाउन सकिने बताईएको छ ।


बिगत २०७२ साल देखि नेवाम्याक्स डिजिटल मार्फत काठ्मान्डौको पेप्सिकोला बाट सेवा प्रदान गर्दै आएकोमा हाल मध्यपुर थिमि बासिहरूलाई पनि सेवा दिने उद्देश्यका साथ मध्यपुर थिमिको सिद्धिकाली – नेपाल कोरिया मैत्रि नगरपालिका मार्गमा नेवाम्याक्स ईलेक्ट्रोनिकस सञ्चालनमा ल्याईएको हो । ब्यबसायिहरू प्रबिण प्रजापति र सुरेन्द्र उपको संयुक्त लगानीमा उक्त सोरुम सन्चालनमा ल्याइएको हो ।

मुख्यतया L.G ब्राण्डका फ्रिज, वासिङ मेसिन, ओभन, साउन्ड सिस्टम, टिभि लगाएतका सामानहरू पाउन सकिने बताईएको उक्त सोरुममा अन्य ब्राण्डहरूमा स्यामसुङ, स्काईवर्थ लगायतका ब्राण्डका सामानहरू समेत उपलब्ध हुने बताईएको छ ।

यस्का अलावा नेवाभ्याक्स इलेक्ट्रोनिक्समा इटालिएन ब्राण्डका क्यान्डी वासिङ मेसिन समेत उपलब्ध हुने  सञ्चालक प्रबिण प्रजापति बताउनु हुन्छ ।

उक्त सोरुममा टप लोडिङ्गमा साढे ७ केजी देखि १४ केजी सम्म र फ्रन्ट लोडिङगमा ७ केजी देखि साढे १० केजी सम्मका वासिङग मेसिनहरु र C.G ब्राण्डमा ८ देखि १२ केजी सम्मका वासिङ मेसिनहरू पाइने जनाईएको छ।


त्यस्तै रेफ्रिजेरेटरहरूमा LG ब्राण्डका १९२ लिटर देखि ३०८ लिटर सम्मका डबल लोड , र्वल्डपुल ब्राण्डमा १८५ लिटर देखि ३३० लिटर सम्मका रेफ्रिजेरेटरहरु पाईने जनाईएको छ ।
बर्तमान अवस्थामा न्यूरोड लगाएतका काठ्मान्डौका विभिन्न ठाउँहरूमा पुगि सामान किन्ने परिपाटीलाई तोडी मध्यपुर थिमिमै गुणस्तरिय इलेक्टोनिक्स सामानहरू मध्यपुर थिमिका उपभोक्ता समक्ष प्रस्तुत गर्नु नै नेवाम्याकस इलेक्ट्रोनिक्सको उद्देश्य रहेको सञ्चालक प्रबिण प्रजापति बताउनुहुन्छ ।
ओपनिङ डिस्काउन्टको रूपमा १५ % छुटका साथै गिफ्ट आईटमको ब्यबस्था एकहप्ता सम्मका लागि रहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Madhyapur Diary

” मध्यपुरको चोडेमा ज्ञानमाला भजन कार्यक्रम सम्पन्न”

Madhyapur Diary

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy