समाचार समाज

आज इन्द्रजात्रा पर्व मनाईंदै

Buzz Education

 

असोज -३ -भाद्र शुक्ल चर्तुदशीका दिन आज काठ्मान्डौ आत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाईंदैछ । लिच्छबी कालिन इतिहास बोकेको इन्द्रजात्रा बिशेष गरी नेवार समुदायमा मनाइन्छ । बर्षा र सहकालका देवता इन्द्रको पुजा आरधाना गरी मनाइने भएकाले यस पर्वलाई इन्द्रजात्रा भनिएको बताइन्छ।
इन्द्रजात्रा पर्व मनाउने क्रममा भैरब, कुमारी र गणेशका रथ तानिन्छ भने योसिं ठडयाई ईन्द्र जात्राको सुरवात भएको मानिन्छ । हरेक बर्ष काभ्रेको नालाको जंगलबाट इन्द्रजात्राका लागि रुख ल्याइने गरीन्छ । बिगतका बर्षमा नालाबाट बिभिन्न ठाउँका जनताको सहभागितामा यो सिं तानेर ल्याउने गरिएतापनि यसपालि भने डोजरले तानेर काठमान्डौ सम्म ल्याईएको थियो ।
इन्द्रजात्राको अवशरमा पुलुकिसि लाखे र अन्य नाचहरू पनि नचाउने चलन रहेको छ।
इन्द्रजात्राको अवशरमा जिवित देबी कुमारी भैरब र गणेशको दर्शन गर्न राष्ट्र प्रमुखको सवारी हुने चलन छ ।
काठ्मान्डौका अलावा लालितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगाएतका नेवार सहरहरूमा यो पर्व मनाउने गरीन्छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरको बिनायक शिक्षा निकेतनद्वारा कक्षा ११ का बिद्यार्थीहरुका लागी अभिमुखिकरण तथा स्वागत सम्पन्न ।

Madhyapur Diary

भक्तपुरमा सभा ,जुलुश जात्रा गर्न नपाईने

Madhyapur Diary

इन्डोनेसिमा एक युवाले गरे राइस कुकुर संग बिहे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy