
भाद्र – २१-संखुवासभाको मादि नगरपालिका १स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। मृतकहरू सबै एकै परिवारका रहेको जनाईएको छ। ईलाका प्रहरी कार्यालय चैनपुरका अनुशार धारीलो हतियार प्रयोग गरी हत्या भएको जानकारी आएलगतै प्रहरी घट्ना स्थल तर्फ लागेको जनाईएको छ।
घटना स्थल पुग्न चैनपुरबाट ३ घण्टा लाग्ने जनाईएको छ।
बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आंखा नदेख्ने र कान नसुन्ने ९३ बर्षिय बौद्धमान भने जिवित रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुशार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्कि, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाति बिपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो। हत्या बिहान भएको हो वा राति भएको हो पत्ता लगाउन सकिएको छैन ।
घट्ना स्थलमा शबहरु यत्रतत्र छरीएर रहेको बताईएको छ। घटना स्थल सिल गरी प्रहरीले अनुसन्धान थालेको छ ।

