Uncategorized समाचार

निषेधाज्ञा हट्यो बिद्यालय खोल्न पाउने

भदौ -१६ शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन गर्न नपाउने तर गर्नै पर्ने अवस्थामा भने सरकारले जारी गरेको स्मार्ट लकडाउनको  प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र संग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने भनि नयाँ नियम सार्वजनिक भएको छ। साथै भिडभाड नगर्ने, अनावश्यक मानिस जम्मा नहुने, जात्रा , महोत्सब नगर्ने, सभा जुलुस नगर्ने भोज भटेर नगर्ने तर जात्रा चाडपर्व न्यूनतम स्वास्थ्य प्रोटोकल पालना हुनेगरी औपचारिक रूपमा मात्रै गर्न पाउने गरी नया नियम लागु हुने भएको छ । सर्वसाधारण व्यक्ति, संस्था र समुदायबाट सञ्चालन हुने आर्थिक, सामाजिक र ब्यबसायिक गतिविधिका हकमा भने तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी मात्रै गर्न पाउने भएको छ।


साथै निजि तथा सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुवानी बेलुकी ९ बजेदेखि बिहान  ५ बजे सम्म मात्रै गर्न पाउने भएको छ भने स्थानीय ढुवानी बिहान ९ बजे देखि ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म गर्न पाउने भएको छ ।

ताजा समाचार

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच छलफल, मध्यपुरमा सम्पदा क्षेत्रमा अझै झिलिमिली बन्ने ।

Madhyapur Diary

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy