Uncategorized समाचार

निषेधाज्ञा हट्यो बिद्यालय खोल्न पाउने

Buzz Education

भदौ -१६ शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन गर्न नपाउने तर गर्नै पर्ने अवस्थामा भने सरकारले जारी गरेको स्मार्ट लकडाउनको  प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र संग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने भनि नयाँ नियम सार्वजनिक भएको छ। साथै भिडभाड नगर्ने, अनावश्यक मानिस जम्मा नहुने, जात्रा , महोत्सब नगर्ने, सभा जुलुस नगर्ने भोज भटेर नगर्ने तर जात्रा चाडपर्व न्यूनतम स्वास्थ्य प्रोटोकल पालना हुनेगरी औपचारिक रूपमा मात्रै गर्न पाउने गरी नया नियम लागु हुने भएको छ । सर्वसाधारण व्यक्ति, संस्था र समुदायबाट सञ्चालन हुने आर्थिक, सामाजिक र ब्यबसायिक गतिविधिका हकमा भने तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी मात्रै गर्न पाउने भएको छ।


साथै निजि तथा सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुवानी बेलुकी ९ बजेदेखि बिहान  ५ बजे सम्म मात्रै गर्न पाउने भएको छ भने स्थानीय ढुवानी बिहान ९ बजे देखि ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म गर्न पाउने भएको छ ।

Buzz Education

ताजा समाचार

प्रदिप नेपालले माधब नेपालको साथ छोडे – तपाईले पनि झेलि गर्न सिक्नु भएछ ।

Madhyapur Diary

मध्यपुरका यूवा गायक आश्रय रन्जितको मेरी मायालु बोलको गीतको भिडियो सार्वजनिक |

Madhyapur Diary

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy