Uncategorized घुमफिर समाचार

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Buzz Education

 

भदौ १५ -चितवनको पतिहानीमा एक अर्ब रुपैयाको लगानीमा पटिहानी रिसोर्ट सञ्चालन हुने भएको छ। भरतपुर नगरपालिका अन्तरगत राप्ति नदीको तटिय क्षेत्रमा यो रिसोर्ट अत्याधुनिक सुविधा सहीत सञ्चालनमा आउन लागेको हो। हाल सम्म ७५ % लगानी भईसकेको र सम्पूर्ण काम सकुन्जेल सम्ममा १ अर्ब लगानी हुने रिसोर्टका प्रबन्ध निर्देशक रिसि न्यौपानेले जनाउनु भएको छ ।
रिसोर्टमा सातवटा भिल्ला निर्माण गरिएको छ जुन सार्क स्तरिय राष्ट्रप्रमुख सम्म बस्न मिल्ने गरी बनाइएको बताईएको छ । सात मिल्ला मध्ये दुईवटामा स्वीमीङ पुल समेत रहेका छन ।
रिसोर्टमा ५२ अधिक कोठाहरू र बिभिन्न क्षमताका हलहरू रहेका छन भने ५०० जनाले एकैपटक बसेर खाना खान मिल्ने रेस्टुरेण्ट समेट रहेका छन ।
बिदेशी पाहुनाहरू लक्षित गरी निर्माण गरिएको सो रिसोर्टमा नजिकैको सामूदायिक बनमा सफारी गर्न हात्ती सफारीको ब्यबस्था गरीएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

म.थि.न.पा वडा न ४ मा नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

बोडेको पलिस्वॉ: पुखुमा डुंगा चलाईयो । नगरपालिका द्वारा डुंगा हस्तान्तरण ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy