भदौ – २२ – धनुषा -जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना नायब सुब्बा रंगेहात घुस लिंदा लिंदै पक्राउ परेका छन ।
नागरीकताको प्रतिलिपि माग्न सेवाग्राही संग १० हजार घुस लिएको आरोप निजलाई लागेको छ। मंगलबार निजलाई घुस लिंदा लिंदै बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले घुस रकम सहीत रंगेहात पक्राउ परेका हुन । निज हाल प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जनाईएको छ।