मध्यपुर थिमि -श्रावन २७
मध्यपुर थिमिका बिभिन्न स्थानहरुमा गाईजात्राका अवशरमा नाचिने नाचहरु नीलबाराही नाच ,लायकु भैल नाच र नगदेश भैरब नाचका दोश्रो दिन नाचिने नाचहरु सम्पन्न भएका छन। हाल थि मि लायकु बाट यस बर्ष लायकु भैल नाच निकालिएको छ भने नगदेश बाट १२ बर्ष पछी निकालिएको नगदेश भैरब नाच तथा सुरुवात काल देखि नै अभिछिन्न निरन्तर संचालन हुँदै आएको बोदेको नीलबाराही गण नाच प्रदर्शन भइ रहेको छ । तान्त्रिक बिधि बाट नचाइने यी नाचहरु मध्यपुर थिमि क्षेत्रको बिशिस्ट पहिचान बोकेका नाचहरु हुन् । अन्तिम दिन भोलि यी नाचहरु नचाइने छ । नगदेश र लायकु भैरब नाच रातिको समयमा निकालिएर बिहानीपख सम्पन्न हुन्छन भने बोदेको नीलबाराही नाच अन्तिम दिन बिहान निकालिएर बेलुकी सम्पन्न हुनेगरेको छ ।
भैरब नाच अन्तर्गत दुइ भैरब र दुइ दागी तथा एक ज्यापुंग हुने गर्दछ भने निल बाराही नाच अन्तर्गत १९ देबी देवता रहने गर्दछ । निल बाराही नाचमा भैरब १ , बाराही ४ , कुमारी ४ , सिंह ४ . द्वारपाल २ र गणेश ४ रहने गर्दछ । बाजागाजामा धा, भुस्या , छुस्या , पोंगा ,मुहाली ,ता लगायतका बाध बादन प्रयोग गरिन्छ ।
