काठमाडौं । चर्चित भारतीय अभिनेता मिथुन चक्रवर्ती सुटिङका क्रममा बिरामी परेका छन्। एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको छ।
हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआई जाँच गरिएको छ। उनी फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्याइयो।
सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्तीयही फिल्मका मार्फत् मिथुनकी जोडी अभिनेत्री देवश्री राय १६ वर्षपछि पर्दामा देखिँदैछन्। मिथुनले हालै मात्र पद्मश्री अवार्ड पाएका थिए।