शिक्षा समाचार

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Buzz Education

मेरो उम्मेदवारीको घोषणा पत्र :-
भक्तपुर क्षेत्र नं. २ बाट प्रत्येक्ष तर्फबाट मेरो उम्मेदवारी रहेको जानकारी गराउँन चाहन्छु।
केही शुभ चिन्तकहरुको सवाल राजनीतिमा मेरो अनुभव छ कि छैन अनि राजेश बाडे को हो भन्ने प्रश्नको उठेको हुन सक्छ।
म एक समाजसेवी हुँ! एक कलाकार तथा नृत्य निर्देशक पनि! अनि महत्त्वपूर्ण कुरा म युवा राजनीतिज्ञ हुँ! मेरो अनुभव अराजनीतिमा छैन! राजनीति तथा विश्व राजनीतिमा छ! अनि मेरो राजनीतिक शैली अरु भन्दा पृथक रहेको छ र म बिदेशी राष्ट्रको राजनितिक नकल होइन। आफ्नै मौलिक राजनीति गर्नु पर्छ भन्ने मान्यता राख्ने फरक राजनीतिक बिचार बोकेको राजनीतिज्ञ हुँ।
मेरो अनुभव इमानदारीतामा छ! मेरो अनुभव सत्यतामा छ! मेरो अध्यनको अनुभव र रिसर्चले देश, राष्ट्र र राष्ट्रियताको हितका निमित्त राजनीति गर्नु पर्छ भन्ने प्रेरणा दिन्छ।
भक्तपुर क्षेत्र नं. २ मा रहेको दुई वटा नगरपालिका मध्यपुर थिमी न.पा. र सुर्यबिनायक न.पा. रहेको जानकारी गराउन चाहन्छु। कला सँस्कृतिली भरिपुर्ण भक्तपुर जिल्लाको मध्यपुर थिमी न.पा. को स्वर्गभुमी ठाउँ नगदेशमा मेरो जन्म भएको हो। म आफ्नो जन्मस्थान रहेको जिल्ला भक्तपुर क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी रहेको घोषणा गर्दछु।
मेरो उम्मेदवारी रहेको भक्तपुर क्षेत्र नं. २ लाई सिङ्गापुर बनाउनु छैन। म आफ्नो क्षेत्रलाई तीब्र गतिमा बिकासको लहर ल्याई भाषा, धर्म, कला, सँस्कृती र संस्कारको संरक्षण गरि सुन्दर बिकसित समृद्धि मध्यपुर, सुर्यबिनायक र भक्तपुर नै बनाउन चाहन्छु। अनि आफ्नो मौलिकपनको जगेर्ना गर्न चाहन्छु। नेपाललाई सुजरल्यान्ड बनाउने होइन तीब्र गतिमा बिकास गरि आफ्नै स्वर्ग भुमि ल्यान्ड बनाउन चाहन्छु।
मेरो उम्मेदवारी दिनुको महत्त्वपूर्ण कारण यस्तो रहेकोछ। भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको जगेर्ना, राजनैतिक शुद्धीकरण, न्यायपालिकाको सुधार, सनातन हिन्दु धर्मको रक्षा, सामाजिक न्याय, दिगो बिकास र युवा रोजगारी, नागरिकतन्त्र, कानुनको शासन, मौलिक मानवाधिकार, सामाजिक सुरक्षा, नागरिकमुखी बजार इत्यादिको निमित्त मेरो उम्मेदवारी रहेकोछ।
नेपाल आमाको मुटुलाई छियाछिया बनाई बिदेशी कु-संस्कार र कु-संस्कृतिलाई भित्र्याइ देश प्रती जुन राष्ट्रघाट गर्न खिजिएको छ त्यसको नियन्त्रण र निर्मुल गर्न र देशमा आएको आर्थिक संकत रोकथाम गरि त्यसको समाधान गर्नको निमित्त मेरो प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी रहेको जानकारी गराउन चाहन्छु।
“सम्पुर्ण देशबासी नेपालीहरुको जय होस्”

Buzz Education

ताजा समाचार

नेडरल्याण्डसलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

Madhyapur Diary

कांग्रेसले फेरी सार्‍यो महाधिवेशन मिति

Madhyapur Diary

बिद्यालय कनर – बिनायकमा विभिन्न प्रतियोगिताहरु सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy