Uncategorized

मध्यपुरमा चुनाबी प्रतिबद्धता पुरा गदै एकैदिन ३ स्वास्थ्य चौकि उदघाटन ।

Buzz Education

वडा नं. २ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवन, वडा नं. ३ को वडा कार्यालय भवन कौशलटार र वडा नं. ५ को भुँलाखेलमा एकै दिन नगर प्रमुख सुरेन्द्र श्रेष्ठ द्वारा उदघाटन गरी ती स्वास्थ्य चौकिहरू सञ्चालनना ल्याइएको हो ।
वडा न ५ भुलांखेल मा आयोजित औपचारीक कायक्रममा बोल्नु हुंदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा र प्रतिवद्धता पुरा गर्ने एक खुडकिलोको रुपमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका ५१९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको, चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐनहरु निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।


कार्यक्रममै बोल्नु हुंदै नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले सञ्चालनमा आएका स्वास्थ्य चौकिमा नगरबासीले आधारभुत स्वास्थ्य उपचार पाउने गरी निकट भबिष्यमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याईने र स्वास्थय चौकिलाई आवश्यक पर्ने उपकरणहरू पनि उपलब्ध गराउँदै लग्ने बताउनु भयो । उहांले आगामी दिनमा नगरबासीले स्वास्थ्य उपचारका लागि अन्त धाउन नपर्ने गरी मिनी हस्पितलको रुपमा समेत बिकास गदै लग्ने बताउनु भयो । ती स्वास्थ्य चौकिबाट नेपाल सरकारले निशुल्क प्रदान गदै आएको ९० थरी औषधिहरू पनि उपलब्ध गराउने बताउनु भयो ।


मध्यपुर थिमि नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत बिजय राज सुबेदीले स्वास्थ्य चौकि हरुको अभाबमा ससाना स्वास्थ्य समस्याहरूको उपचारका लागि समेत ठूला अस्पताल हरूमा दबाब पर्ने गरेकोमा स्थापना भएका स्वास्थ्य चौकिहरुले ठूला अस्पतालको भार व्यबस्थापन गर्न सहज हुनुका साथै अनावस्यक खर्चबाट समेत जोगिन सकिने बताउनु भयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका पूर्व उपप्रमुख अन्जना देबी मधिकर्मी, समाज सेवी ओम श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापति लगाएतका व्यक्तित्व हरुले मन्तव्य राख्नु भएको थियो भने वडा न ५ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको थियो ।

Buzz Education

ताजा समाचार

बाबा राम रहिमलाई जन्मकैदको सजाय

Madhyapur Diary

भक्तपुर जिल्ला पावरलिफटिङ संघको गठन । अशोक घजुको नेतृत्व ।

Madhyapur Diary

सिद्दि गणेश मिलीजुली पासा समुहद्वारा बोडेकी क्यानसर पिडित बिरामीको लागि १ लाख सहयोग प्रदान ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy