
कार्तिक – ९ झारफुक गर्ने बहानामा ईलाममा ३३ बर्षिय एक पुरुषले आफ्नै बिरामी श्रीमती तथा छोरीको हत्या गरेका छन । हत्या गर्ने कमल तामाङलाई दुईजनाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको छ । उनले आफ्नै श्रीमती र छोरीलाई झारफुकको बहानामा टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

