समाचार समाज

मध्यपुर थिमि ३ सुन्दर नगर सुधार समितिको छैठौ अधिवेशन तथा नवौ साधारणसभा सम्पन्न ।

Buzz Education

मध्यपुर – सुन्दर नगर चार दोबाटो थिमि स्थित सुन्दर नगर सुधार समितिको नबौ  साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । सुन्दर नगर टोल सुधार समितिको प्राङगणमा सम्पन्न भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिका ले हालै पुराना तथा नयाँ बस्तीमा मौलिक नाम नामांकरण गर्ने निति लाई सहयोग पुर्‍याउन उक्त स्थानको नाम खयगु कोला टोल सुधार समिति नामांकरण गरीएको वडा न ४ सदस्य तथा स्थानीय मदन ख्या : श्रेष्ठले मध्यपुर डायरी संबाददातालाई जानकारी दिनुभयो । प्रमुख अतिथि मध्यपुर थिमि नगर प्रमुख तथा विशेष अतिथि उपप्रमुख बिजय कृष्ण श्रेष्ठ अन्य अतिथिहरूमा वडा अध्यक्ष कृष्ण हरि आचार्य,मदन ख्या : श्रेष्ठ तथा गायक एवमं समाजसेवी हरिसुन्दर लाखे : को उपस्थितिमा सम्पन उद्घाटन सत्र पश्चात बसेको बन्द सत्रले आगामी कार्यकालका लागि अध्यक्षमा सुन्दर लाल श्रेष्ठ रहने गरी उपाध्यक्षमा राम चन्द्र गिरी, सचिबमा मनोज श्रेष्ठ, कोषाध्यक्षामा सरोज बिक्रम संखदेब, सदस्यहरूमा मिरा भट्टाराई उप्रेती, टेक बहादुर श्रेष्ठ, कृष्ण लाल श्रेष्ठ, लोकिन्द्र भटराई, राज कुमार डंगोल, अनिल श्रेष्ठ र लक्ष्मी केशरी श्रेष्ठ सहितको समिति सर्वसम्मत चयन गरीएको छ ।


कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्पदा संस्कृति संरक्षणको कुरा गरीरहंदा ठाउंहरुको स्थानीय नामले पनि उत्तीकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुंदै नगर पालिकाले स्थानीय टोल सुधार समितिहरूसंग समन्वय गदै बिकास निर्माणका कार्यहरूमा अगाडि बढ्दै जाने बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुदै नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले  हालै पारीत भएका शिक्षा, स्वास्थ्य,बिपद ब्यबस्थापन  र सहकारी लगाएतका ऐनले स्थानीय बिभिन्न संघ संस्थाहरुलाई काम गर्नु सजिलो हुने बताउनु भयो भने छैठौ अधिवेशनद्वारा प्रस्तुत निति तथा कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, रोजगारी आदि क्षेत्रमा उल्लेख्य सुधार गरीदै लगिने बताउनु भयो ।

Buzz Education

ताजा समाचार

निलबाराही नाच

Madhyapur Diary

बोडेको महालक्ष्मी साकोसद्वारा नारी दिवसका अवशरमा अभिमुखिकरण कार्यक्रम आयोजना ।

Madhyapur Diary

मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy