मनोरञ्जन समाचार समाज

मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा सम्पन्न |

असोज ३० – मध्यपुर थिमि नगरपालिका वडा न -४ लायकु मा “खाँ पिहावयगु ” जात्रा सम्पन्न भएको छ । मल्लकालीन इतिहास बोकेको ” खाँ : पिहावयगु ” जात्रा करिब ३०० बर्ष पुरानो मानिन्छ । बडा दशैको भोलिपल्ट अर्थात एकादशिको दिन ३०० बर्ष अगाडी भएको युद्धको झल्को दिने गरी थिमिको लायकु बाट खड्ग जात्रा सहित “खाँ : पिहावयगु ” जात्रा निकालिएको हो।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

तत्कालिन नेपाल मण्डलको रूपमा रहेको काठमान्डौ, भक्तपुर र ललितपुर अन्तरगत मल्ल कालको मध्यतिर राजा रत्न मल्लको पालामा नेपाल तीन राज्यमा बिभाजन भएपश्चात प्रत्येक राज्यहरूमा पनि थुप्रै र भिन्ना भिन्नै दरबारहरू निर्माण हुने गरेको बताईन्छ । मध्यपुर थिमि ४ स्थित लायकु दरबार भने तत्कालिन भक्तपुर राज्य अन्तरगत रहने गरी स्वसासित क्षेत्रका रूपमा रहेको बताइन्छ ।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

मल्ल राजाहरूले आफ्ना दरबारहरूमा ईष्ट देवताको रूपमा तलेजु भवानीको स्थापना गर्ने गरेकोमा कालरात्रिमा महिशासुरको प्रतिकको रूपमा राँगा बलि दिईने चलन यद्यपि मध्यपुर थिमिको लायकु दरबारमा अझै कायमै छ ।

बिज्ञापन
बिज्ञापन

सेतो जामा लगाएर ढाल , तरबार, खड्ग बोकि गुठियारहरु द्वारा योद्धा जस्तै हाउभाउ गदै बाजा गाजा सहित लायकु दरबार बाट “खाँ : पिहावयगु ” जात्रा निकालिएको थियो ।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

युद्धकै झझल्को दिनेगरी आक्रमण भन्दै युद्धभ्यास गर्दै मध्यपुर थिमिको ईनायटोल, दुईपोखरी, दिगु टोल स्थित दिगु भैरबको मन्दिर परिक्रमा गरी सके पश्चात योद्धा टोलि  दथुटोल हुँदै बालकुमारी मन्दीर पुगेको थियो ।बालकुमारी मन्दिर परिक्रमा पश्चात मन्दिरको प्राङगणमा कुभिन्डो काटेर जात्रा सम्पन्न भएको थियो ।

  • बिज्ञापन
    बिज्ञापन
मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा  |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

भुईफसि अर्थात कुभिन्डोलाई नायो पमाःको मूल तरबारले काटिसके पश्चात  मात्रै अरुले काटने चलन रहेको हुन्छ । काटिएको कुभिन्दो खाँदा रोगब्याधि बाट मुक्त हुने जनबिश्वास रहिआएको पाईन्छ ।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

लायकु दरबार थिमिको “खां पिहावयगु ” जात्रामा नेवार सम्प्रदायका बिभिन्न जातजातिको सहभागिता रहने गरेको पाईन्छ ।यस जात्रामा नाय : पमा श्रेष्ठ थरका हुने गर्छ भने कर्माचार्य, जोशी, कुटु, प्याठ प्रजापति र खडगी समुदायको प्रत्यक्ष सहयागिता रहने गर्छ ।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |

लायकु खाँ पिहावयगु जात्राको बारेमा बताउनु हुदै जात्राका मूल व्यक्ति तथा लायकु दरबारका नायः पमाः श्याम काजी श्रेष्ठले यो जात्रा एक प्रकारले समावेशि जात्रा रहेको बताउनुभयो ।

मध्यपुर -४ - लायकुमा "खाँ : पिहावईगु " जात्रा |
मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा |“खाँ पिहायगु ” जात्रालाई स्थानीयहरू पायो जात्रा र भुईफसी पालेगु जात्रा नामले पनि पुकार्ने गर्दछन । युवाहरूको आकर्षण बढ्दै गएको यस जात्रालाई मध्यपुर थिमि नगरपालिकाले आगामी दिनहरूमा मौलिक जात्राको रूपमा संरक्षण, संबर्दन र प्रबर्दन गर्दै लैजाने मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।

 

 

मध्यपुर डायरी संबाददाता

बिज्ञान श्रेष्ठ

ताजा समाचार

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

एप्पलले सावधानी अपनाउन अनुराेध-चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy