अर्थतन्त्र घुमफिर समाचार समाज

मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच छलफल, मध्यपुरमा सम्पदा क्षेत्रमा अझै झिलिमिली बन्ने ।

मध्यपुर थिमि नगरपालिकामा नगरका सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानहरूलाई केन्द्रिकृत गरी नेपाल बिद्युत प्राधिकरणले बिभिन्न कार्यहरू अघि बढाउने भएको छ । जस अन्तरगत मनोहरा पुल देखि खस्याङ खुसुङ पुल सम्म सडक बत्तीको ब्यबस्था गरी उज्यालो बनाउने, नगरका पुराना बस्ती भित्रका ऐतिहासिक संस्कृतिक सम्पदा क्षेत्रमा बत्ती जडान गरी झिलिमिली बनाउने , जीर्ण बनिसकेका, बाङगिएका बिजुलीका खम्बाहरू बिस्थापति गरी नंया हाल्ने , पुराना तारहरुको ब्यबस्थापन गर्ने लगाएतका कार्यहरू हुने भएको हो ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच भएको पछिल्लो भेटघाट तथा छलफल पश्चात ती कुराहरूमा केन्द्रिकृत रहेर कार्यहरू अगाडी बढाउने निर्णय भएको हो । साथै मध्यपुर थिमिमा हाइटेन्सन लाईनलाई भूमिगत बनाउने कार्यमा पनि आवश्यक सहयोग प्रदान हुने श्रोतले जनाएको छ ।


यस अगाडी बर्षौ देखि नंया बाटो अरनिको राजमार्ग अन्तरगत मनोहरा पुल देखि राधेराधे सम्मको सडक खण्डमा राति सडक बत्ती बाल्ने प्रथम चरणको कार्य पुरा भईसकेको छ । निर्वाचित भई सकेपश्चात जनप्रतिनिधि हरुले गरेको उल्लख योग्य कार्यको रुपमा उक्त कार्य लाई लिने गरेका छन ।

रातिको समयमा अरनिको राजमार्गमा अंध्यारो बाटोमा तीब्र गतिमा गुड्ने गाडिहरू यस अघि दुर्घटना हुने क्रम बढी हुने गरेकोमा बिद्युत प्राधिकरण संगको समन्वयमा मध्यपुर थिमि नगरपालिकाले झिलीमिली बनाउने कार्य गरेपश्चात मध्यपुर क्षेत्र भित्रको सडक खण्ड शौन्दर्यकरण हुनुका साथै सुरक्षित बन्दै गएको बताइन्छ ।

ताजा समाचार

मध्यपुर नगर प्रमुखद्वारा कुलमान घिसिङ तथा डिआजी मिरा चौधरी संग भेटघाट ।

Madhyapur Diary

प्रभावशाली व्यक्तित्व बनाउन उपनाउनुहोस यी उपायहरू ।

Madhyapur Diary

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy