खेलकुद समाचार समाज

सानोठिमी टेक्वान्डो डोजाङको बेल्ट टेस्ट तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Buzz Education

चैत्र – ५ नेपाल टेक्वान्डो संघकाे बार्षिक कार्यक्रम अनुशार सानो थिमि टेक्वान्डो डोजाङका प्रशिक्षार्थीहरुको बार्षिक बेल्ट टेस्ट तथा प्रमाणपत्र बितरण कार्यक्रम शनिवार मध्यपुर थिमि नगरपालिका वडा न ३ स्थित सानो थिमिमा सम्पन्न भएको छ । उक्त बेल्ट टेस्ट कार्यक्रममा बिभिन्न उमेर समुहका ३२ जुनियर तथा सिनियर प्रशिक्षार्थी हरुलाई योग्यता अनुशारको बेल्ट तथा प्रमाणपत्र प्रदान गरीएको थियो ।


उक्त बेल्ट टेस्ट कार्यक्रममा नेपाल घर होटल प्रालिका अकाउन्ट हेड मेनेजर सिजन बस्नेट, बडी बिल्डीङ खेलाडी तथा प्रशिक्षक रमेश कुटुवा तथा खेलाडीका अबिभावकहरुको उपस्थिति रहेको थियो ।


साथै उक्त कार्यक्रममा नेपाल घर होटल प्रालिका तर्फ बाट सानो थिमि टेक्वान्डो डोजाङका लागि हेड गार्ड, चेस्ट गार्ड लगाएत बिभिन्न खेल सामाग्रिहरू प्रदान गरीएको थियो ।


उक्त कार्यक्रममा सानोथिमि टेक्वान्डो डोजाङका सिनियर प्रशिक्षक इन्द्र चित्रकारले बेल्ट टेस्ट कार्यक्रममा सहभागि खेलाडी हरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो भने खेल सामाग्रि प्रदान गरेकोमा डोजाङका तर्फबाट नेपाल घर होटल प्रालिलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ

Madhyapur Diary

सरकारी जग्गा संरक्षणमा सांसदले गराए सरकारको ध्यानाकर्षण

Madhyapur Diary

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy