घुमफिर समाचार समाज

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

फागुन -६ नेपालका प्रथम नृत्य गुरु भैरब बहादुर थापाको जन्मदिवसको अवशरमा मध्यपुर थिमि नगरपालिका संगको सहकार्यमा नृत्य निर्देशक संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय नृत्य दिवश मध्यपुर थिमिको वडा न ८ बोडे स्थित कुमारी पार्कमा एक कार्यक्रम बिच भब्य रुपमा सम्पन्न भएको छ । संखधर चोकमा हेलिकप्टरबाट पुष्पबृष्टि गरी शुभारम्भ गरीएको उक्त कार्यक्रममा देशैभरीका बिभिन्न स्थानहरू बाट उपस्थित नृत्य निर्देशक, नृत्य समुह, स्थानीय बासि तथा बिभिन्न संस्कृतिक टोलिसहित मध्यपुरका बिभिन्न स्थानहरूको परिक्रमा गरी बोडे स्थित कुमारी मन्दिरमा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नृत्य गुरु भैरब बहादुर थापा, ख्याति प्राप्त बाद्य गुरु श्री गोपाल प्रजापति, लगाएत नृत्य निर्देशक संघ नेपालका पदाधिकारीहरू, देशै भरीबाट आएका नृत्य निर्देशकहरु लगाएत बिभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।
सातै प्रदेशका ४० जिल्लाहरूबाट बिभिन्न जातजातिका मौलिक नाचहरूको प्रस्तुति रहेको बताइएको छ ।
राष्ट्रिय नृत्य दिवशको दोस्रो संस्करण अर्को बर्ष लुम्बीनी प्रदेशको बुटबलमा हुने नृत्य निर्देशक संघ नेपाल लुम्बीनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले देशैभरीका ४० भन्दा बढी जिल्लाहरू बाट मौलिक नृत्य हरुको प्रस्तुति रहेको प्रथम राष्ट्रिय नृत्य दिवशमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्न पाउँदा आफुले गौरबको अनुभुति गरेको बताउनु भयो । उहाँले मध्यपुर थिमि नरपालिकाले गरेका संस्कृति र सम्पदा संरक्षण सम्बन्धि कार्यहरूबाट मध्यपुर थिमिको आन्तरीक पर्यटनमा योगदान पुर्‍याउने बताउनुभयो ।

 

 

ताजा समाचार

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy