खेलकुद समाचार

भक्तपुर युनाईटेड एफसी बन्यो प्रथम भक्तपुर लिग फुटबल च्यामपियन |

Buzz Education

माघ -४ -प्रथम भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको फाईनल खेलमा भक्तपुर युनाईटेडले २-१ को गोल अन्तरले जित हासिल गरी लिग च्याम्पियन बन्न सफल भएको छ । खेलको ७ औं मिनेटमा पेनाल्टी सुट आउट मार्फत गोल गरी भक्तपुर युनाईटेडका जर्सी न . १३ का मनोज लामाले गोल गरी भक्तपुर लाई अग्रता दिएका थिए । खेलको ९ औ मिनेटमा भक्तपुर युनाईटेडका लागि दोस्रो गोल गरी जर्सी न . १९ का कृष्ण गुरागाईले गोल गरेपश्चात निक्कै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा लोकन्थली फुटबल क्लबका जर्सी न १३ का रोहित गिरीले पेनाल्टी शुट आउट मार्फत लोकन्थलीका लागि गोल गरी २ – १ को अवस्था सिर्जना गरेका थिए । जितसंगै भक्तपुर युनाईटेड ले नगद रु ५०,००० सहित ट्रोफि हात पारेको छ । उपबिजेता लोकन्थली फुटबल क्लबले नगद रु २५००० सहित ट्रफि हात पारेको छ । सेकेन्ड रनर अप टिमहरू बिश्व बिनायक एफ सी र थिमि यूथले नगद रु १०,००० सहित ट्रफी हात पारे ।

फाईनल खेलका म्यान अफ द म्याच भक्तपुर युनाईटेडका बिशाल भण्डारी घोषित भए । भण्डारीलाई असन मान रन्जीत द्वारा BIZZ Education का तर्फबाट प्रदान गरीएको नगद रु २००० सहीत ट्रफी हस्तान्तरण गरीएको थियो ।
प्रतियोगिता अवधिभरीको fair play को उपाधि दिब्यश्वरी यूथ समाजले हात पारे भने Rising Team को उपाधि बृहस्पति युवा क्लबले हात पारेका छन ।

नगद रु ५००० सहितको बेस्ट गोलकिपरको उपाधि लोकन्थली एफसीले हात पारे भने प्रतियोगिता अवधिभर बढी गोल गर्ने बेस्ट स्ट्राइकरको उपाधि लोकन्थली एफसीका आशिस थिङको हातमा पर्‍यो । त्यस्तै बेस्ट डिफेन्डर समीर श्रेष्ठ, बेस्ट मिड फिल्डर रबिन कुटु, बेस्ट फरवार्ड भक्तपुर युनाईटेडका हरिस कार्की, बेस्ट कोच भक्तपुर युनाईटेडकै रुपेश धौवन्जार बन्न सफल भए ।

भक्तपुर निष्ट प्लेयर अफ द टुर्नामेन्ट लोकन्थली फुटबल क्लबका रोहीत गिरी बन्न सफल भएका छन ।


फाईनल म्याच हेर्नका लागि प्रमुख अतिथिका रूपमा एन्फा अध्यक्ष आङ छिरीङ शेर्पा, एन्फा उपाध्यक्ष तथा मध्यपुर युथ एसोसियसन अध्यक्ष उपेन्द्र मान सिंह, जिल्ला समन्वय समिति भक्तपुर उपाध्यक्ष अष्ट कुमार कवें, प्याबसन भक्तपुर अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठ, हिसान भक्तपुरका अनिल कसपाल, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगत प्रजापति,जिल्ला खेलकुद संघका अध्यक्ष श्री भक्त कासीछ्वा र मध्यपुर थिमि नगरपालिका १,२,३ वडा अध्यक्षहरु लगायत अन्य विशिष्ट व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।

मध्यपुर डायरी संबाददाता बिज्ञान श्रेष्ठको रिपोर्ट ।

Buzz Education

ताजा समाचार

मध्यपुर – ८ बोडेको अष्टमंगल साकोसको नवौं बार्षिक साधारणसभा सम्पन्न ।

Madhyapur Diary

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy