समाचार समाज

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत केन्द्रिय निर्वाचन प्रतिनिधि तथा जिल्ला निर्वाचन समिति भक्तपुर बाट प्रतिनिधि सभा क्षेत्र न – २ क ) सुर्यबिनायक तथा ख ) मध्यपुर बाट प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, केन्द्रिय महाअधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रिय सम्मेलनको निर्वाचन कार्यक्रमका लागि निर्वाचित हरुको नतिजा सार्वजनिक भएको छ ।
सभापति पदका लागि भेष बहादुर कार्कि ३६० मत ल्याई बिजयी भएका छन भने उनका प्रतिद्धन्दि बिदुर मान सिह बस्नेतले २३८ मत प्राप्त गरेका छन । सचिब पदमा ईश्वर खडका र सबिन दुङगेल क्रमश ३०४ र २९४ मत ल्याई बिजयी भएका छन ।
सहसचिब पदका लागि सुसन प्रजापति र मिना चित्रकार श्रेष्ठले क्रमश ३०२ र २८९ मत ल्याई बिजयी भएका छन ।
प्रतिनिधि सभा कार्यसमिति सदस्य कालागि ४ जना निर्वाचित भएका छन । निर्वाचित हुनेमा रिना महर्जन, बाबुकाजी डंगोल, बिरजी श्रेष्ठ र धर्म भक्त श्रेष्ठ रहेकाछन ।
त्यस्तै प्रतिनिधि सभा कार्यसमिति समानुपातिक सदस्य बाट मधु श्रेष्ठ, हरि भक्त हेक्का, बिजेन्द्र प्रजापति, दुर्गा न्यौपाने, प्रल्हाद कार्की र अच्युत केसी निर्वाचित भएका छन ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा महिला तर्फ रमा कोईराला पौडेल,अन्जना देबी मधिकर्मी, प्रमिला सुबेदी आचार्य, कमला आचार्य , खुल्ला तर्फ दुर्लभ थापा , मदन कृष्ण श्रेष्ठ, नारायण भक्त खायमली, बिष्णु राज कार्कि, मुरारी प्रसाद आचार्य, उद्धब सिलवाल, राजन काजी त्वाती, गणेश मान चक्रधर, अस्ट कुमार कवे, सन्तोष भट्टराई त्यस्तै आदिबासी जनजाति खुल्ला तर्फ दिल कृष्ण प्रजापति, ज्ञानदास प्रजापति, रामकाजी चक्रधर,
खस आर्य महिला तर्फ संगिता थापा र सुमित्रा सापकोटा, त्यस्तै खस आर्य खुल्ला तर्फ उमेश खड्का, अच्युत प्रसाद मिश्र, लछुराम न्यौपाने निर्वाचित भएका छन ।
दलित खुल्ला तर्फ पूर्ण नेपाली बिसुंके, मुस्लीम /मधेसी / अपांग तर्फ कसं बहादुर कोजु रहेका छन । त्यस्तै प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति प्रदेश अधिवेशनका सदस्य प्रदेश २ “क” बाट निर्वाचित हुनेमा नारायणदेबी जाकिबन्जार,
मिठाराम न्यौपाने, मणिराज थापा, र प्रदेश २ “ख ” बाट हिरा श्रेष्ठ, राज भक्त श्रेष्ठ र राजेश श्रेष्ठ रहेका छन ।

ताजा समाचार

मध्यपुरमा तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर वडा-८ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न

Madhyapur Diary

झारफुक गर्ने बहानामा आफ्नै श्रीमती र छोरीको हत्या

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy