मंशिर – १७ -मध्यपुर थिमिमा मंशिर १७ गते आज देखि पुष २ गते सम्मको लागि मतदाता नामावाली संकलन शुरू भएको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष मापदण्द २०७८ बमोजिम भक्तपुर जिल्लामा मंशिर १७ गते देखि मतदाता नामावली संकलन हुन लागेको हो ।
मध्यपुर थिमि नगरपालिका र सुर्यबिनायक नगरपालिका मा पहिलो चरण अन्तरगत मंशिर १७ गते देखि पुष २ गते सम्म र दोस्रो चरण अन्तरगत पुष ३ गते देखि पुष १७ गते सम्म चाँगुनारायण नगरपालिकामा अभियान सन्चालन हुने बताईएको छ । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा गई नामा दर्ता गर्न अनुरोध गरीएको छ ।
previous post
next post