समाज स्वास्थ्य

बीर हस्पीटलमा जान घरबाटै टिकट काटन सकिने ।

Buzz Education

 

उपचारका लागि बीर हस्पिटल जाँदै हुनु हुन्छ भने खुशिको कुरा । किनकि अब देखि सेवाग्राहीले लामो लाईन लागेर टिकट काट्ने ब्यबस्था सुरू हुने भएको छ ।
शुक्रवार अस्पतालले डिजिटल सेवाको शुरुवात गरे सँगै मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सकिने भएको छ ।  गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछ ।
अस्पतालकी डा. अनुपमा कार्कीले यो प्रविधिको विकाससँगै घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने झण्झटबाट बिरामीले मुक्ति पाउने दाबी गरिन ।
सो प्रविधि अनुसार अब बिरामीले सिधै डाक्टर भेट्न मात्रै अस्पताल गए हुने भएको छ । यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ ।
अस्पतालले यसअघि नै अनलाइनबाटै रिपोर्ट लिन सकिने सुविधा दिइसकेको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि ३ सुन्दर नगर सुधार समितिको छैठौ अधिवेशन तथा नवौ साधारणसभा सम्पन्न ।

Madhyapur Diary

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छे लाई पत्नी शोक ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy