शिक्षा समाचार समाज

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Buzz Education

मंशिर -४ – मध्यपुर ८ बोडे स्थित सिद्धि गणेश स्वीमीङ पुलको सभाहलमा शनिवार लेखक तथा समाजसेवी सजिब था श्रेष्ठ द्वारा लिखित तथा था श्रेष्ठ समाज , बोडेको प्रकाशनमा” था श्रेष्ठको बंशाबली र संस्कार ” नामक पुस्तक लोकार्पण गरीएको छ । संस्कृती बिद तथा बरिष्ठ साहित्यकार तेजेश्वर बाबु गोङगको हातबाट उक्त पुस्तक सार्बजनिक गरीएको हो ।

“था श्रेष्ठको बंशावली र संस्कार ” मुख्यतया मध्यपुरको बोडेका था श्रेष्ठ हरुको उदगम बिन्दु, था श्रेष्ठको योगदान, पूर्खा छत्रमान सिह र गुठीको बारे कुराहरू, चाँगुनारायणको परिचय र उत्पति कथा लगाएत था श्रेष्ठ को जन्म र मृत्यु संस्कार, था श्रेष्ठका बंशाबली आदि लगायत १८ शिर्षकमा लेखहरू संग्रहित गरीएको छ ।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्यकार तेजेश्वर बाबु गोङग का अलावा था मुलबाट डेप्युटी गर्भनर सम्म हुन सफल भुतपूर्व डेप्युटी गर्भनर शिवदास श्रेष्ठ, मथिनपा वडा न  ८ सदस्य तथा नसस रमेश थापा श्रेष्ठ, समाजसेवी प्रेमचन्द अदुवा, समाजसेबी बिनोद खम्बु , श्याम सुन्दर था श्रेष्ठ, आदर्श माध्यामिक बिद्यालयका प्राधानाध्यापक बुद्धि कुमार घो श्रेष्ठ,लेखक प्रेम क़े निडर , साहित्यकार कृष्ण भक्त बोडे,समाजसेवी भरत धों श्रेष्ठ लगाएतका अन्य अतिथि हरुको उपस्थिति थियो ।


कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि तेजेश्वर बाबु गोङगले पोखरीमा फालिएको ढुंगाले सतहमा तरंग पैदा गरेजस्तै “था श्रेष्ठको बंशावली र संस्कार ” पुस्तकले अबका दिनमा समाजमा तरंग श्रृजना गर्ने र त्यो तरंग श्रृजना गर्ने काम सामान्य नरहेको बताउनुभयो ।


भुतपूर्व डेप्युटी गर्भनर शिवदास श्रेष्ठले आफ्नो पुर्खा र पूर्वजको खोजि गर्न सहयोग पुग्ने उक्त पुस्तकको समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा समाजसेवी बिनोद खम्बु श्रेष्ठले लेखक सजीब था  श्रेष्ठको व्यकित्वको चर्चा गर्नु हुँदै उक्त पुस्तक था श्रेष्ठ परिवारले जस्तै यो पुस्तकले अरु थरका परिवारले पनि आफ्नो बंशाबली सम्बन्धी अनुसन्धान गर्न प्रेरणा मिल्ने बताउनु भयो ।


समाजसेवी प्रेम चन्द्र अदुवाले सबै मानिसको बंशज मुलत एउटै भएको र प्रमे र सदभाब फैलाउनु प्रमुख कुरा रहेको कुरामा जोड दिंदै आफ्नो बंशजको इतिहासबारे थाहापाउन अरु परिवारले पनि यसबाट प्रेरणा लिन सक्नु पर्ने बताउनु भयो ।
समाजसेवी भरत धों श्रेष्ठले प्रकाशित बंशाबली मा रहेका कमी कमजोरी हरुलाई आगामी दिनहरूमा अध्याबधि गदै लग्न सकेमा ठूलो उपलब्धि हुने बताउनु भयो ।आदर्श उच्च माबि लायकु थिमिका प्रधानाध्यापक बुद्धि कुमार घो श्रेष्ठले मध्यपुर थिमिको स्थानीय पाठ्यक्रम निर्माण कार्यमा यो पुस्तक सन्दर्भ सामाग्रीको रूपमा समेत उपयोगी हुन सक्ने ईंगित गर्नुभयो ।


कार्यक्रममा वडा न ८ सदस्य तथा समाजसेवी रमेश थापा श्रेष्ठले भौतिक बिकास मात्रै बिकास नहुने बताउनु हुँदै समाजमा बौद्धिक र प्राज्ञिक बिकास पनि उतिकै महत्वपूर्ण रहेको बताउनु हुदै उक्त पुस्तक सम्पूर्ण बोडेबासीकै उपलब्धिको रूपमा रहेको बताउनु भयो ।


आफ्नो पहिचान भनेकै मौलिकता हुनुपर्ने कुरामा जोड दिनु हुँदै कसैले कसैको नक्कल गर्नु भन्दा आफ्नो शैलिलाई अगाडी लिएर जानुपर्ने मा जोड दिनु हुँदै पुस्तक प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा लेखक सजिब था श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सन्चालन लक्ष्मी नाथ था श्रेष्ठले गर्नु भएको थियो ।

Buzz Education

ताजा समाचार

श्रीमतीको निर्घाट कुटाई बाट श्रीमानको मृत्यु ।

Madhyapur Diary

अमेरिकामा पनि भेटीयो कोरोनाको ओमिक्रोन भेरीयन्ट

Madhyapur Diary

बिरगन्जमा मन्त्री नबनाईएको भन्दै उपेन्द्र यादबको पुतला जलाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy