अर्थतन्त्र समाचार समाज

मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ

Buzz Education

मध्यपुर थिमि वडा न ४ स्थित शंखधर मार्ग ( बायरीलाँ ) मा बायरीलाँ दशैं तिहार बजार मेलाको शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरीएको छ । शंखधर मार्ग (बायरीलाँ ) टोल सुधार समितिको आयोजनामा भएको उक्त मेलालाई मध्यपुर थिमिका  नगर प्रमुख मदन सुन्दर श्रेष्ठ को हातबाट रिबन काटी औपचारीक रुपमा दसै तिहार बजार महोत्सबको उदघाटन गरीएको हो ।

बिज्ञापन

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ, बिशेष अतिथिका रुपमा नगर उपप्रमुख अन्जना देबी मधिकर्मी, वडा न ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ लगाएत बायरीलाँ टोल सुधार समितिका अध्यक्ष राजेश श्रेष्ठ, समाज सेवी कृष्ण लाल गोजा श्रेष्ठ, बायरिलां टोल सुधार समितिका पूर्व अध्यक्ष रत्न श्रेष्ठ लगाएतका व्यक्तिहरुको उपस्थिति थियो ।

मध्यपुर - ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ
मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब

बाजागाजा सहित सुरु भएको उक्त उदघाटन कार्यक्रममा सयौ स्थानीय बासिन्दा तथा ब्यबसायी हरुको उपस्थिति थियो । महोत्स्व असोज १६ गते देखि शुरू भई कार्तिक २७ गते सम्म सन्चालन हुने बताईएको छ । बायरीलाँ मार्गमा सन्चालित प्रत्येक पसलबाट एक हजारको सामान खरीदमा एक कुपन प्राप्त हुने र उक्त कुपन लक्की ड्र मार्फत समापन कार्यक्रममा आकर्षक उपहार प्रदान गरिने पनि जनाईएको छ ।

मध्यपुर - ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ
मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब

तीब्र गतिमा ब्यबसायिक बजारको रूपमा बिकसित हुँदै गरेको बायरीलां बजारलाई कोरोना भाईरस महामारीका कारण सिथिल बनेको अवस्थामा बजारलाई थप चलाएमान बनाउन तथा मध्यपुर थिमिका स्थानिय तथा आसपासका क्षेत्रका उपभोक्ता हरुलाई काठ्मान्डौ सम्म गई किनमेल गर्ने परिपाटीलाई टोड्दै स्थानीय स्तरमै सन्चालित ब्यबसायलाई प्रबर्दन गर्नु मुख्य उद्देस्य रहेको टोल सुधार समितिका सचिब रोशन बज्राचार्यले बताउनुभयो ।

प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठ
प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठ

प्रमुख अतिथि तथा बिशेष अतिथिलाई बजारको अवलोकन गराई सके पश्चात सुरू भएको उदघाटन कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख मदन सुन्दर श्रेष्ठले दशै तिहारको अवशरमा सन्चालनमा ल्याईएको महोत्सब बायरीलाँ दशै तिहार बजारका  कारन भबिष्यमा ब्राण्डेड पसलहरुको बजारको रुपमा बिकास हुन सकिने सम्भाबना रहेको बताउनु भयो ।

बिज्ञापन
बिज्ञापन

कोरोना महामारीका कारण शिथिल बनेको ब्यबसायलाई पुनरताजगी प्रदान गर्न महोत्सब फलदायी हुने बिश्वास पनि उहाँले व्यक्त गर्नु भयो । अरु टोल सुधार समिति हरुभन्दा बायरीलाँ टोल सुधार समिति शसक्त रहेको बताउनु हुदै अरू टोल सुधार समिति हरुले पनि यस्को सिको गर्नु पर्ने उहाँले बताउनु भयो ।

उप प्रमुख अन्जना देबी मधिकर्मी
उप प्रमुख अन्जना देबी मधिकर्मी

विशेष अतिथि तथा नगर उपप्रमुख अन्जना देबी मधिकर्मीले बायरीलाँ दशै तिहार बजार महोत्सबले टोल सुधार समिति गतिलो भयो भने सबै किसिमका काम गर्न सकिने शन्देश दिएको बताउनु हुदै बायरीलाँ टोल सुधार समिति भक्तपुर जिल्लाकै नमुना टोल सुधार समितिको रूपमा रहेको बताउनु भयो ।

कुमार श्रेष्ठ - वडा अध्यक्ष -४ वडा
कुमार श्रेष्ठ – वडा अध्यक्ष -४ वडा

वडा न ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले ब्यापार ब्यबसाय लार्ई चलाएमान बनाउन गरिएको महोत्सब कार्य धेरै सरहानिय रहेको बताउनु भयो ।

समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठ
समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठ

समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठले टोल सुधार समितिले गरेको काम प्रति खुशि ब्यक्त गर्नु हुँदै आयोजकलाई शुभकामना तथा बधाई दिनु भयो ।

राजेश श्रेष्ठ - अध्यक्ष - बारारीलाँ टोल सुधार समिति
राजेश श्रेष्ठ – अध्यक्ष – बारारीलाँ टोल सुधार समिति

टोल सुधार समितिको छैठौ बार्षिक उत्सब कार्तिक ५ गते परेको अवशरमा दिपावली र सुकुन्दा र्‍याली तथा हरेक शनिवार बेलुकी संस्कृतिक कार्यक्रम गरीने  टोल सुधार समितिका बर्तमान अध्यक्ष राजेश श्रेष्ठले बताउनु भयो। आगामी दिनमा बायरीलाँ टोल सुधार समितिले खानेपानी तथा सडक स्तरोन्नतिका कामहरू गर्दै लैजाने बताउनु हुँदै उहाँले दशै तिहार बजार सन्चालन गर्न सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभयो ।

Buzz Education

ताजा समाचार

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Madhyapur Diary

राजु श्रेष्ठको हत्यामा संलग्नको निस्पक्ष छानबिन गर्न राष्ट्रिय युवा संघ, भक्तपुरको माग ।

Madhyapur Diary

आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy